८ जेठ, काठमाडौं । भारतीय संगीत कम्पनी टी सिरिजले नेपाली कलाकारसँगको सहकार्यमा निर्माण गरेको गीत ‘साम से ही दिल’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गीत रिलिज गरिएको हो । वरिष्ठ फिल्म निर्देशक तथा गीतकार नीर शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगीतकार इम्तियाज वफा, गायक सुमन शेखर मानन्धरसहित कलाकार उपस्थित थिए । […]