चिकित्सक संघले होम तथा क्वारेन्टाइनमा रहेका संक्रमितका संचालनमा ल्यायो टेलीमेडीसीन सेन्टर

कोरोना संक्रमितहरुको उपचार प्रक्रियामा सहजीकरणका लागि भन्दै संघले विभिन्न संस्थाहरुसँगको सहकार्यमा टेलीमेडीसीन सेन्टरको स्थापना गरेको छ।

सम्बन्धित सामग्री

समिट एयरले अर्को उडान गरेर चिकित्सकहरुलाई नेपालगञ्ज ल्यायो

नेपालगञ्ज – समिट एयरले दोस्रो उडान गरेर राराबाट चिकित्सकलाई नेपालगञ्ज ल्याएको छ । चिकित्सकलाई अलपत्र पारेर माओवादीका नेतालाई बोकेको भन्दै चर्को विरोध भएपछि समिटले दोस्रो उडान गरेर चिकित्सकलाई नेपालगञ्ज ल्याएको हो । १६ जना चिकित्सक पहिलो उडानकै लागि टिकट काटेर बसेका थिए । माओवादीका उपमहासचिव मातृका यादवसहितको टीम आएपछि एयरले चिकित्सकलाई छोडेर नेताहरुलाई बोकेको थियो […]

डाक्टर र इन्जिनियर पढाउन शुक्लाफाँटा नगरपालिकाले ल्यायो छात्रवृत्ति कार्यक्रम

पाँच वर्षमा पाँचजनालाई  चिकित्सक (एमबिबिएस) र इन्जिनियरिङ पढाउन शुक्लाफाँटा नगरपालिकाले छात्रवृत्ति

कोशी अस्पतालले सञ्चालनमा ल्यायो बायो ग्यास प्लान्ट

विराटनगर । अस्पतालबाट निस्कने प्रयोग गर्न मिल्ने फोहोर व्यवस्थापन गर्दै विराटनगरस्थित कोशी अस्पतालले बायो ग्यास उत्पादन शुरू गरेको छ । अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन गर्दै अस्पतालले बायो ग्यास प्लान्ट सञ्चालनमा ल्याएको हो । अस्पताल परिसरभित्र छुट्टै व्यवस्थित रूपमा प्लान्ट निर्माण गरेर अहिले बायो ग्यास उत्पादन शुरू गरिएको अस्पतालकी फोहोरमैला व्यवस्थापन संयोजक नर्सिङ अधिकृत सोनी सुवेदीले जानकारी दिइन् । अस्पतालबाट दैनिक निस्किने विभिन्न प्रकारको फोहोर प्रशोधन गरेर बायो ग्यास उत्पादन थालिएको उनले बताइन् । ‘अस्पतालबाट निस्किने फोहोर जथाभावी फाल्ने गरिएको थियो । फोहोरको उचित व्यवस्थापन गर्ने योजना बनेपछि अहिले भण्डारण गरी राख्ने गरिएको छ । त्यसैबाट बायो ग्यास बनाउन शुरू गरिएको हो,’ संयोजक सुवेदीले भनिन् । अस्पतालको उत्तरपट्टीको खाली जमिनमा बायो ग्यास प्लान्ट निर्माण गरिएको छ । अस्पतालबाट निस्किने फोहोर प्रशोधन गर्ने आउटलेट ६ घनमिटर क्षमताको छ । अस्पतालले निकालेको बायो ग्यास प्रयोग गरी उपकरण र औजारको निर्मलीकरण गर्ने तयारी शुरू गरिएको उनले बताइन् । ‘बायो ग्यास उत्पादन भएपछि चिकित्सक र स्वास्थ्यकर्मीले बिरामीलाई प्रयोग गर्ने औजारको निर्मलीकरण यही बायो ग्यासको प्रयोगबाट गर्ने तयारी छ,’ उनले भनिन्, ‘त्यसका लागि छुट्टै भवन निर्माण भइरहेको छ ।’ छुट्टै एउटा घर निर्माण गरी उपकरणको निर्मलीकरणका साथै अन्य विभिन्न काम पनि गर्न सकिने अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए । ‘यसअघि अस्पतालबाट निस्किने फोहोर जथाभावी फाल्ने गरिएको थियो । बायो ग्यास प्लान्टको तयारी गरेपछि फोहोर बाहिर लैजान वा फाल्न दिएको छैन,’ मेसु दासले भने, ‘अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन गरी बायो ग्यास उत्पादन शुरू गरेका छौं ।’ अस्पतालको पाँच लाख र ऊर्जा मन्त्रालयको ५ लाख लागत साझेदारीमा उक्त बायो ग्यास प्लान्ट निर्माण भएको हो । उक्त प्लान्ट निर्माणको ठेक्का भगवती गोबर ग्यासले पाएको थियो ।

सरकारको आशा गरौं भर नपरौं [सम्पादकीय]

भेरी अस्पतालको दुर्दशालाई मिडियाले बाहिर ल्यायो। अनि अस्पताल प्रशासनले माग्यो - करारमा चिकित्सक र स्वास्थ्यकर्मी। भेरीमात्र होइन सबैखाले अस्पतालहरु कोरोना भाइरस संक्रमितहरुले भरिएका छन्। नेपालका विभिन्न स्थानमा स्थानीय प्रशासनबाट निषेधाज्ञा त जारी भएको छ तर त्यसको पालना कसरी हुन्छ भन्न सकिन्न। छिमेकी मुलुक भारतमा अक्सिजन र ओखती नपाएर मरिरहेका मानिसको…