सुर्खेत : गत साउनमा सुत्केरी भएकी जाजरकोट जुनीचाँदे गाउँपालिका ५ की मनिषा गिरीलाई प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोट सुत्केरी र गर्भवती जाँच तथा पोषण भत्ता नदिएरै विदा गर्यो। भत्ता लिनका लागि उनी तीन पटक स्वास्थ्य केन्द्रमा पुगिन्। तर गाउँपालिकाबाट भत्ता नआएको भन्दै रित्तो हात फर्किइन्।
पुस २२ गते जुनीचाँदे गाउँपालिका ४ कि विमला बिष्ट पनि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोट सुत्केरी भइन्। उनले पनि सुत्केरी र पोषण भत्ता पाइनन्। स्वास्थ्य केन्द्रले उनलाई पनि गाउँपालिकाले भत्ता नपठाएको भन्दै रित्तै फर्काइदियो।
मनिषा र विमला...