चितवन – चितवनको माडी क्षेत्रका गोविन्दबस्ती, ठोरी, बनकट्टाआसपास अति ठूलो पानी परेको छ ।
पछिल्लो तीन घण्टामा भारी वर्षा भएको र रिउखोला तथा साना खहरे खोलामा एक्कासी बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र र डुबान हुने होचा ठाउँमा आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै मकवानपुरको पूर्वी राप्ती नदी रजैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेकोछ । मकवानपुरगढी, हेटौंडा र आसपास थप वर्षा हुने देखिएको छ ।
मकवानपुरका तटीय क्षेत्रहरूमा पनि बेलुकासम्म नै सतर्कता अ...