रेल चलाउन २१ करोड

सरकारले जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न तत्काल २१ करोड रुपियाँ दिने भएको छ । नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेल सेवाका लागि अर्थ मन्त्रालयले तत्काल २१ करोड रुपियाँको स्रोत सुनिश्चितता दिएको जानकारी दिए । उनले भने, “गत वर्ष नै मन्त्रिपरिषद्ले रेलवे कम्पनीलाई ४५ करोड रुपियाँ दिने निर्णय गरेको थियो । त्यस बेलादेखि नै कम्पनीले अर्थ मन्त्रालयसँग सो रकम माग गर्दै आएकोमा अहिले मन्त्रालयले २१ करोड रुपियाँ दिने प्रतिबद्धता गरेको हो ।” उनले सो रेल...

सम्बन्धित सामग्री

मालवाहक रेल चलाउन उद्योगी व्यवसायीको माग

जनकपुर, असार ११ । जयनगर–कुर्था रेल मार्गमा नियमित मालवाहक रेल सेवा सञ्चालन गर्न पाँच जिल्लाका उद्योगी व्यवसायीले माग गरेका छन् । नेपाल रेल्वे कम्पनी लिमिटेडका पदाधिकारीसँगको छलफलका क्रममा मधेस प्रदेशअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका उद्योगी व्यवसायीले मालवाहक रेल सेवा सञ्चालन गर्न माग गरेका हुन् । हाल जयनगर–कुर्था रेल मार्गमा सञ्चालन भइरहेको रेल सेवासँगै […]

रेल चलाउन तेस्रोपटक अध्यादेश जारी

काठमाडौं (अस) । जनकपुर–जयनगर रेलमार्गमा रेल चलाउन तेस्रोपटक रेलवे अध्यादेश–२०७८ जारी गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार रेलवे अध्यादेश जारी गर्नुभएको हो । रेल चलाउन भन्दै यसअघि २०७८ वैशाख २३ गते र मङ्सिर १६ गते पनि ‘रेलवे अध्यादेश–२०७८’ भएको थियो । संसद् चलेको २ महीनाभित्र अध्यादेश पारित हुनुपर्ने भए पनि दुईपटक नै आएका अध्यादेश पारित हुन सकेनन्, जसकारण रेल ल्याएको १९ महीना बित्दासमेत कानून अभावकै कारण उक्त रेलमार्गमा रेल सञ्चालन हुन सकेको छैन । कम्पनीका महाप्रबन्धक निरञ्जन झाले छिट्टै यात्रुसहितको रेल सञ्चालन गरिने बताए । रेल सम्बन्धी अध्यादेशबाट रेल चलाउन यो पटक पनि अध्यादेश ल्याइएकाले कानूनी व्यवधान हट्ने देखिएको उनले बताए ।

सरकारले चाहे तत्काल रेल चलाउन सक्छाैँ : महाप्रबन्धक झा

काठमाण्डाै – सरकारले चाहे तत्काल जयनगर–कुर्था रेल चलाउन सक्ने नेपाल रेल्वे कम्पनीले बताएको छ । जयनगर–कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गएकाे पुसमा नै रेल परीक्षण भइसकेको छ । यात्रु आवागमनका लागि भने रेल सञ्चालनमा आएको छैन । यद्यपि नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सबै तयारी पूरा भएकाले सरकारले चाहे तत्काल रेल चलाउन सक्ने बताउनुभएको छ ।  आज बुधवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महाप्रबन्धक झाले यस्तो बताउनुभएको हो । उहाँले रेल चलाउने विषयमा सर...

रेल चलाउन कानुनी रूपमा बाटो खुला भए पनि सञ्चालनको सुरसार समेत देखिएन

सरकारले भारतबाट वर्ष दिनअघि ल्याएको रेल सञ्चालनका लागि कानुनी बाटो खुलाउन अध्यादेश जारी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेसँगै रेल चलाउन कानुनी रूपमा बाटो खुला भए पनि सञ्चालनको सुरसारसमेत देखिएको छैन ।नेपाल रेल–वे कम्पनी महाप्रबन्धक निरञ्जन झाले अब बजेट र कर्मचारी व्यवस्थापनको काम अघि बढाएर रेल सञ्चालन गरिने बताएका छन् । हतारमा बिनातयारी भारतबाट ल्याइएको रेल वर्ष दिनअघिदेखि जनकपुरमा ल्याएर पालले छोपेर राखिएको छ । लामो समयसम्म सञ्चालन

रेलवे अध्यादेश–२०७८ जारीः रेल चलाउन बजेटको पर्खाइ

काठमाडौं, मंसिर १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार साँझ रेलवे अध्यादेश–२०७८ जारी गरेसँगै धनुषाको इनरुवामा १४ महीनादेखि थन्किएका दुई थान रेल सञ्चालन गर्न कानूनी अड्चन फूकेको छ । रेल सञ्चालन गर्न कानूनी बाधा फुके पनि तुरुन्तै यी रेल सञ्चालन हुन नसक्ने देखिएको छ । नेपाल रेलवे कम्पनीले कानूनका साथसाथै बजेट पनि आवश्यक रहेको बताएको छ […]

नेपाली रेल चलाउन भारतको ताकेता

भारतबाट खरिद गरी ल्याइएको रेल लामो समयसम्म ट्र्याकमा त्रिपाल ओढाएर राखिएको बेला रेल चलाउन भारत सरकारले ताकेता गरेको छ । नेपाल र भारतबीच सञ्चालन हुने रेलका लागि नेपाल सरकारले भारतको कोनकन रेल्वेज कर्पोरेसनबीच भएको सम्झौताअनुसार रेल चलाउन नेपाल सरकारलाई तोकता गरेको हो । नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुरुप नेपालमा रेल चलाउने जनशक्ति नभएकाले चेन्नइस्थित कोनकन रेलवेले कर्पोरेसनले रेल सञ्चालनको जिम्मा लिएको छ । रेल सञ्चालनको जिम्मा पाएको कर्पोरेसनले जनकपुरधाममा तालिम दिएका १ सय ८६ कर्मचारीलाई राखेर तलब ख...

त्रिपाल ओढाएर राखिएको रेल चलाउन भारतीय कम्पनीको ताकेता

भारतबाट खरिद गरी ल्याइएको रेल लामो समयसम्म ट्र्याकमा त्रिपाल ओढाएर राखिएको बेला रेल चलाउन भारत सरकारले ताकेता गरेको छ ।नेपाल र भारतबीच सञ्चालन हुने रेलका लागि नेपाल सरकारले भारतको कोनकन रेल्वेज कर्पोरेसनबीच भएको सम्झौताअनुसार रेल चलाउन नेपाल सरकारलाई तोकता गरेको हो ।नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुरुप नेपालमा रेल चलाउने जनशक्ति नभएकाले चेन्नइस्थित कोनकन रेलवेले कर्पोरेसनले रेल सञ्चालनको जिम्मा लिएको छ ।रेल सञ्चालनको जिम्मा पाएको कर्पोरेसनले जनकपुरधाममा तालिम दिएका १ सय ८६ कर्मचारीलाई राखेर

रेल चलाउन विज्ञान विषयमा ‘प्लस टू’ उत्तीर्ण गर्नैपर्ने

काठमाडौं। नेपालमा चल्ने रेल चलाउन विज्ञान विषयमा ‘प्लस टू’ उर्तीण गर्नैपर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको रेलवे अध्यादेशले यस्तो कानुनी व्यवस्था गरेको हो। शारीरिक अशक्तता र दृश्यशक्ति कमजोर नभएका २५ वर्ष पुगेर ५० वर्ष ननाघेकाले चालक र सहचालकका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। विदेशी मुलुकबाट अनुमतिपत्र प्राप्त गरेका भएपनि हुने छ।

रेल चलाउन विज्ञान विषयमा ‘प्लस टू’ उत्तीर्ण गर्नैपर्ने

काठमाडौं। नेपालमा चल्ने रेल चलाउन विज्ञान विषयमा ‘प्लस टू’ उर्तीण गर्नैपर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको रेलवे अध्यादेशले यस्तो कानुनी व्यवस्था गरेको हो। शारीरिक अशक्तता र दृश्यशक्ति कमजोर नभएका २५ वर्ष पुगेर ५० वर्ष ननाघेकाले चालक र सहचालकका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। विदेशी मुलुकबाट अनुमतिपत्र प्राप्त गरेका भएपनि हुने छ।

रेल चलाउन ल्याइयो अध्यादेश

काठमान्डाैं / रेल सञ्चालनका लागि कानूनी बाटो फुकाउन राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार रेलवे अध्यादेश–२०७८ जारी गर्नुभएको छ । १६ महीनाअघि दर्ता भएको ‘रेलवे विधेयक–२०७६’ संसद्मै अड्किएकाले सरकारले अध्यादेश ल्याएको हो । रेल सञ्चालन, भाडा शुल्क निर्धारण, मालसामान ढुवानीका साथै विलम्ब शुल्कसमेत तोक्नेलगायत कार्यका लागि स्वायत्त संस्था ‘नेपाल रेलवे बोर्ड’ स्थापनाको व्यवस्था गर्दै २०७६ पुस १८... The post रेल चलाउन ल्याइयो अध्यादेश appeared first on Purbeli News.