काठमाडाैँ- लाेकतान्त्रि समाजवादी पार्टी नेपालकाे संसदीय दलकाे नेतामा महन्थ ठाकुर चयन भएका छन्। पार्टी अध्यक्ष ठाकुर सर्वसम्मत रूपमा संसदीय दलकाे नेता बनेका हुन्। लाेसपाले मंसिर ४ मा सम्पन्न भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चार सिटमा जित निकालेकाे छ। यद्यपि उसले समानुपातिकमा थ्रेसहाेल्ड भने कटाउन सकेन।