नेपाली क्रिकेटमा पहिलो पटक देखिएको स्पट फिक्सिङमा ११ जना संलग्न देखिएपनि ५ जनाविरुद्ध मात्रै मुद्दा दर्ता भयो । तीमध्ये तीन जना रकम बरामद नभएको भन्दै छुटेका छन्, विदेशी प्रतिवादीमाथिको अनुसन्धान पनि अलपत्र छ ।
काठमाण्डाै – काठमाण्डाै जिल्ला अदालतले 'स्पट फिक्सिङ' काे आराेपमा पक्राउ परेका तीन जनालाई धराैटीमा छाड्न आदेश दिएकाे छ ।
आज बुधवार न्यायाधीश राजकुमार श्रेष्ठकाे एकल इजलासले राष्ट्रिय टाेलीका सदस्य माेहमद आदिल अन्सारी, राष्ट्रिय टोलीका पूर्वखेलाडी महबुब आलम र नितेश गुप्तालाई तीन लाख रुपैयाँ धराैटीमा छाड्न आदेश दिएकाे हाे ।
गएको पुस ९ देखि २७ सम्म काठमाण्डाैमा भएको नेपाल टी–२० लिगमा परिणामलाई प्रभावित पार्ने गरी मिलोमतो र अनलाइन सट्टेबाजी भएको सार्वजनिक भएपछि सीआईबीले अनु...
नेपालमा भएको टी–२० लिगमा ‘स्पट फिक्सिङ’ र ‘म्याच फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ।...
काठमाण्डौ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ भएको प्रमाण र आधार भेटिएको पुष्टि गरेको छ ।
सीआईबीले गएको पुस ९ देखि २७ गतेसम्म काठमाण्डौमा भएको खेलमा स्पट फिक्सिङका प्रमाण देखिएको जनाएको हो ।
खेल मिलेमतोको आशंका भएपछि सीआईबीले प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको थियो ।
समितिले पैसाकै लेनदेन भएको निष्कर्ष निकाल्दै अनुसन्धानलाई अन्तिम रुप दिने तयारी गरेको छानबिन समितिका एक सदस्यले बताएका छन् ।
मिलेमत...
२७ पुस, काठमाडौं । नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य पनि संलग्न हुनसक्ने देखिएको छ । मुलुकको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेल खेलेको पछिल्लो टोलीका दुई सदस्यलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उच्च निगरानीमा राखेको हो । ब्यूरो स्रोतका अनुसार उनीहरुसहित केही खेलाडीहरुको प्रहरीले बयान लिइसकेको छ । यसमा […]
काठमाडौंमा जारी टी–२० क्रिकेट सुपर लिगमा ‘स्पट फिक्सिङ’को आशंका भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपालीसहित सात खेलाडीलाई उच्च निगरानीमा राखेको छ । प्रहरीका अनुसार विराटनगर सुपर लिगका क्याप्टेन आन्द्रे...
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रारम्भिक अनुसन्धानले काठमाडौमा जारी नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको र कमर्सियल अधिकार प्राप्त गरेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको भूमिका नै शंकास्पद रहेको देखाएको छ।...