सल्यान : जिल्लामा धान उत्पादन बर्सेनी घटिरहेको छ। विगत पाँच वर्षको तथ्यांक हेर्दा धान उत्पादन हुने क्षेत्रफल घट्दै गएकोले धान उत्पादनमा पनि कमी आएको कार्यालयले जनाएको छ।यो वर्ष ६ हजार १२५ हेक्टरमा धान खेती गरिएकोमा २८ हजार ७६३ मेट्रिक टन उत्पादन भएको कार्यालयका सूचना अधिकारी ईश्वरीनारायण घर्तीले बताए।रोपाइँको क्षेत्रफल घट्दा, रोग किराको प्रकोप र वर्षा कम हुँदा धान उत्पादनमा गिरावट आएको हो। जिल्लामा वर्षे धान ६ हजार २९ हेक्टर, चैते धान ७ हेक्टर र घैया धान ८९ हेक्टरमा खेती गरिएको थियो ।