आलुखेती हुने क्षेत्रफल र उत्पादन बढ्दो

काठमाडौं। नेपालमा आलु उत्पादन हुने क्षेत्रफल र उत्पादन दुवै बढेको तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा आलुखेती हुने क्षेत्रफल र उत्पादन दुवै बढेको पाइएको हो । यसबीचमा आलुखेती हुने क्षेत्रफल ४ हजार २ सय हेक्टरले र उत्पादन करीब ३ लाख मेट्रिक टनले बढेको देखिएको छ । मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७५/७६ मा नेपालमा कुल १ लाख ९३ हजार ९ सय ९७ हेक्टर जमिनमा ३१ लाख १२ हजार ९ सय ४७ मेट्रिक टन आलु उत्पादन भएको थियो ।  आव २०७६/७७ मा १ लाख ८८ हजार ९८ हेक्टरमा गरिएको खेतीबाट ३१ लाख ३१ हजार ८ सय ३० मेट्रिक टन आलु उत्पादन भएको देखिन्छ । त्यसपछिका वर्षमा पनि उत्पादन बढ्दै गएको देखिन्छ । आव २०७७/७८ मा १ लाख ९८ हजार ७ सय ८८ हेक्टर जमीनमा ३३ लाख २५ हजार २ सय ३१ मेट्रिक टन आलु उत्पादन भएको छ । त्यसैगरी आव २०७८/७९ मा कुल १ लाख ९८ हजार २ सय ५६ हेक्टर जमीनमा आलुखेती गरिएको थियो । त्यसबाट ३४ लाख १० हजार ८ सय २९ टन उत्पादन भएको तथ्यांक छ ।  राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका सूचना अधिकारी तोयानाथ जोशीका अनुसार पछिल्लो समय नेपालका विभिन्न स्थानमा सरकारले आलु सुपरजोनहरू छुट्ट्याएर काम गरिरहेको छ । साथै अधिकांश किसानले रैथाने बिउभन्दा पनी उन्नत जातको आलुखेती गरिरहेकाले उत्पादन बढेको हो । आलुलाई लामो समय भण्डारण गरेर राख्न सकिने भएकाले तत्काल बजार नपाए पनि समस्या नहुने हुँदा आलुखेतीमा किसानको आकर्षण बढेको उनले बताए । पछिल्लो समय आलु उत्पादन बढेको देखिए पनि भारतबाट हुने आयातमा भने कमी नभएको बताइन्छ । नेपालमा वर्षेनि करीब ६ करोड रुपैयाँभन्दा बढीको आलु विदेशबाट आयात हुने गरेको सरकारी तथ्यांकले देखाएको छ ।

सम्बन्धित सामग्री

नवलपुरमा आलु प्रवर्द्धन कार्यक्रम विस्तार गरिँदै

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढेको छ । गत वर्ष आलु प्रवर्द्धन कार्यक्रम राम्रो भएपछि यस वर्ष आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढेको हो । आलु प्रवर्द्धन कार्यक्रमले जिल्लामा आलुखेती गर्ने क्षेत्रफल पनि विस्तार गर्न लागिएको छ ।

डडेल्धुरामा बढ्दै आलु खेती क्षेत्रफल

एक सय २१ हेक्टर क्षेत्रफलमा लगाइने आलुखेती चार वर्षमै सात सय हेक्टर क्षेत्रफलमा विस्तार भएको छ भने किसानहरु पनि अन्नबाली भन्दा आलु खेतीतर्फ आकर्षित भइरहेका छन् ।

डडेल्धुरामा बढ्दै आलु खेती क्षेत्रफल

एक सय २१ हेक्टर क्षेत्रफलमा लगाइने आलुखेती चार वर्षमै सात सय हेक्टर क्षेत्रफलमा विस्तार भएको छ भने किसानहरु पनि अन्नबाली भन्दा आलु खेतीतर्फ आकर्षित भइरहेका छन् ।

डडेल्धुरामा बढ्दै आलु खेती क्षेत्रफल

एक सय २१ हेक्टर क्षेत्रफलमा लगाइने आलुखेती चार वर्षमै सात सय हेक्टर क्षेत्रफलमा विस्तार भएको छ भने किसानहरु पनि अन्नबाली भन्दा आलु खेतीतर्फ आकर्षित भइरहेका छन् ।

डडेल्धुरामा बढ्दै आलु खेती क्षेत्रफल

एक सय २१ हेक्टर क्षेत्रफलमा लगाइने आलुखेती चार वर्षमै सात सय हेक्टर क्षेत्रफलमा विस्तार भएको छ भने किसानहरु पनि अन्नबाली भन्दा आलु खेतीतर्फ आकर्षित भइरहेका छन् ।

डडेल्धुरामा बढ्दै आलु खेती क्षेत्रफल

एक सय २१ हेक्टर क्षेत्रफलमा लगाइने आलुखेती चार वर्षमै सात सय हेक्टर क्षेत्रफलमा विस्तार भएको छ भने किसानहरु पनि अन्नबाली भन्दा आलु खेतीतर्फ आकर्षित भइरहेका छन् ।

कञ्चनपुरको बालीनालीमा १ अर्बभन्दा बढीको क्षति

कञ्चनपुर । गत असोजको अन्तिम साता परेको वर्षाका कारण आएको बाढीले कञ्चनपुरमा एक अर्बभन्दा बढीको बालीनालीमा क्षति पुर्‍याएको छ । बाढीका कारण एक अर्ब १२ करोड १४ लाख ७० हजार मूल्य बराबरको बालीनालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले बताएको छ । केन्द्रका अनुसार ६७ हजार ७८० हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमध्ये बाढीका कारण १२ हजार ५४९ क्षेत्रफलमा क्षति पुगेको छ । सबैभन्दा बढी धानखेतीमा क्षति भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका अधिकृत रणबहादुर मल्लले जानकारी दिए । उनका अनुसार धानखेती हुने ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमध्ये १२ हजार १२४ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको छ । ‘लामो समयसम्म पानी पर्दा खेतमा काटेर राखिएको धानमा समेत क्षति पुग्यो,’ उनले भने, ‘पूरै धान उम्रिएर कामै नलाग्ने भएपछि किसान बिचल्लीमा परेका छन् ।’ केन्द्रका अनुसार किसानले महँगोमा खरीद गरिएको आलुबाली रोपेर सकेका मात्रै थिए । त्यसै बेला आएको निरन्तरको पानीले पूरै खेतबारी डुबानमा पार्दा आलुबालीमा निकै ठूलो क्षति पुग्यो । रोपेका आलुका दाना सबै कुहिएपछि उम्रन पाएन । आलु बालीमा ३२ करोड ८८ लाख ८० हजारको क्षति पुगेको छ । आलुखेती हुने क्षेत्रफल दुई हजार हेक्टरमध्ये ८० हेक्टरमा क्षति पुगेको छ ।      तरकारी बालीमा ५८ लाख ६४ हजारको क्षति पुगेको छ । तरकारी रोप्ने क्रमसँगै बेमौसमी तरकारी बजारमा बेच्न तयार हुँदै गरेका बेला परेको पानीले तरकारीखेती लगाउने दुई हजार ६५० हेक्टरमध्ये १०७ हेक्टर क्षेत्रफलमा क्षति पुगेको अधिकृत मल्ले बताए । उनका अनुसार तोरीबाली उम्रने क्रममै रहेका बेला परेको पानीले दुई करोड ६२ लाखको क्षति भएको छ । खेती हुने आठ हजार ५९९ क्षेत्रफलमध्ये १३१ क्षेत्रफलमा क्षति पुगेको छ । निरन्तरको पानीसँगै आएको हावाहुरीले केराका बोट ढाल्दा किसानलाई निकै ठूलो क्षति भएको छ । केराखेतीमा दुई करोड ७७ लाख २० हजार बराबरको क्षति पुगेको छ । केराखेती हुने क्षेत्रफल ४१० मध्ये ४४ हेक्टरमा लगाइएको केरा खेतीमा क्षति पुगेको केन्द्रले बताएको छ । त्यस्तै हावाहुरीले उखुका बोट ढल्दा एक करोड ५७ लाख ५० हजारको क्षति भएको छ । उखुखेती हुने पाँच हजार ६२५ हेक्टरमध्ये ६३ हेक्टर क्षेत्रफलमा क्षति पुगेको बताइएको छ । रासस

एक वर्षमा ५४ प्रतिशतसम्म घट्यो आलुको मूल्य

काठमाडौं । एक वर्षको अवधिमा आलुको मूल्य ५४ प्रतिशतसम्म घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उल्लेख भए अनुसार गतवर्षको यसै अवधिको तुलनामा अहिले आलुको मूल्यमा उक्त कमी आएको हो । यस वर्ष आन्तरिकका साथै बाह्य बजारबाट पनि पर्याप्त मात्रामा आपूर्ति भइरहेकाले गतवर्षको तुलनामा आलुको मूल्य घटेको बताइएको छ । समितिको तथ्यांक अनुसार गतवर्षको यस अवधिमा भारतीय रातो आलुको मूल्य प्रतिकिलो ५९ रुपैयाँ रहेको थियो । उक्त मूल्य यस वर्ष ५४ प्रतिशतले घटेर प्रतिकिलो २७ रुपैयाँमा सीमित भएको छ । नेपाली रातो आलुको मूल्य अघिल्लो वर्षको यस अवधिमा प्रतिकिलो ९४ रुपैयाँ रहेकोमा यस वर्ष ३९ दशमलव ३६ प्रतिशतले घटेको छ । त्यसैगरी मुडेको आलुको मूल्य गतवर्ष प्रतिकिलो ८१ रुपैयाँ थियो भने हाल यो मूल्य ३९ दशमलव ५० प्रतिशतले घटेर ४९ रुपैयाँ रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले यस वर्ष आलुको आपूर्ति सहज भएको र भारतीय बजारमा समेत मूल्य घटेकाले नेपालमा पनि सस्तिएको बताए । गतवर्षको यस समयमा नेपालमा बन्दाबन्दीका कारण आपूर्ति प्रभावित हुँदा मूल्य बढेको थियो । उनका अनुसार अहिले कालीमाटी बजारमा भित्रिने कुल आलुमध्ये ७५ प्रतिशत भारतीय र २५ प्रतिशत आन्तिरिक उत्पादन रहेको छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रको तथ्यांक अनुसार झापा, इलाम, काभ्रे, सोलुखुम्बु, मोरङ, सप्तरी, मकवानपुर, बारा, रूपन्देही, कैलाली लगायत जिल्लाको करीब २ लाख हेक्टर क्षेत्रफल जमीनमा आलुखेती गरिन्छ । नेपालमा आर्थिक वर्ष २०७४/७५ मा १ लाख ९५ हजार १ सय ७३ हेक्टर जमीनमा आलुखेती गरिएकोमा आर्थिक वर्ष २०७५/७६ मा करीब १ लाख ९४ हजार हेक्टर जमीनमा गरिएको थियो । तर आर्थिक वर्ष २०७६/७७ मा भने आलुखेती हुने क्षेत्रफल घटेको पाइएको छ । केन्द्रको तथ्यांकले सो आवमा १ लाख ८८ हजार ९८ हेक्टरमा मात्रै आलुखेती गरिएको देखाएको छ । केन्द्रका सूचना बागवानी विकास अधिकृत सन्दीप सुवेदीका अनुसार नेपालमा आलुको कुल माग वार्षिक साढे ३२ लाख मेट्रिकटन छ, जसमध्ये करीब २८ लाख मेट्रिकटन आन्तरिक उत्पादन छ भने साढे ४ लाख मेट्रिकटन विभिन्न मुलुकबाट आयात हुने गरेको छ । स्वदेशी उत्पादन बाहेक नेपालमा वार्षिक ६ अर्ब मूल्य बराबरको आयातित आलु उपभोग हुने गरेको छ ।

विगतको तुलनामा आलु र प्याजको उत्पादन बढ्ने अनुमान

काठमाडौं । सरकारले यस वर्ष आलु र प्याजको उत्पादन बढ्ने अनुमान गरेको छ । देशभरिबाट आलु र प्याज उत्पादनको तथ्यांक संकलन कार्य अन्तिम चरणमा पुगेको र विगतका वर्षमा भन्दा उत्पादन बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो समय कृषिमा भित्रिएको आधुनिक प्रविधिसँगै कृषि पेशा अँगाल्ने र व्यावसायिक खेती गर्ने क्रम बढेकाले उत्पादन बढेको अनुमान गरिएको हो । गत आवको तुलनामा यस वर्ष आलु र प्याज खेती गरिएको क्षेत्रफल, उत्पादकत्व र उत्पादन बढेको पाइएको छ । राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा गत आवको भन्दा २ लाख ८१ हजार २ सय ८९ मेट्रिकटन आलु धेरै फल्ने अनुमान गरिएको छ । गत आवमा १ लाख ९३ हजार ९ सय ९६ हेक्टर जमीनमा आलुखेती गरिएकोमा ३१ लाख १२ हजार ९ सय ४६ मेट्रिकटन आलु उत्पादन भएको थियो । चालू आवमा २ लाख ९९ हजार ४१ हेक्टर जमीनमा आलुखेती गरिएकोमा ३३ लाख ९४ हजार २ सय ३६ मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको केन्द्रले बताएको छ । त्यसैगरी उत्पादकत्व समेत बढेर प्रतिहेक्टर १६ दशमलव ०५ बाट १६ दशमलव १७ पुगेको छ । केन्द्रका बागवानी विकास अधिकृत सन्दीप सुवेदीका अनुसार देशभरिबाट आलु र प्याज उत्पादनको तथ्यांक संकलन भइसकेको र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले त्यसको त्यसको अन्तिम ड्राप्mट तयार गर्ने काम गरिरहेको छ । अहिले उपलब्ध गराइएको तथ्यांक अनुमानित भए पनि धेरै तलमाथि नहुने उनले बताए । केन्द्रको तथ्यांकअनुसार गत आवको भन्दा चालू आवमा ३ हजार ८ सय ६४ मेट्रिकटन प्याज उत्पादन धेरै हुने देखिएको छ । गत आवमा कुल २० हजार ९ सय ८ हेक्टर जमीनमा प्याज खेती गरिएकोमा २ लाख ९१ हजार ५ सय ३८ मेट्रिकटन उत्पादन भएको थियो । चालू आवमा २० हजार ४ सय २४ हेक्टर जमीनमा खेती गरिएकोमा २ लाख ९५ हजार ४ सय २ मेट्रिकटन उत्पादन भएको छ । उत्पादकत्व पनि बढेर १३ दशमलव ९४ बाट १४ दशमलव ४६ पुग्ने बताइएको छ । नेपालमा आफ्नै आन्तरिक उत्पादनले आलु र प्याज अपुग हुने गरेको छ । वार्षिक रूपमा साढे ११ अर्ब रुपैयाँभन्दा बढीको आलु र प्याज भारतलगायत देशबाट आयात हुने गर्दछ । नेपालमा कुल मागको ५० प्रतिशत आलु बाह्य मुलुकबाट आयात हुन्छ । करीब ९५ प्रतिशत प्याज बह्य मुलुकबाट आयात हुने गरेको बताइएको छ ।

सामूहिक आलुखेतीमा युवा

महेन्द्रनगर-कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ स्थित बाकफाँटाका युवा सामूहिक आलुखेतीमा लागेका छन् । झण्डै चार बिघा क्षेत्रफल लिजमा लिएर युवाहरूले सामूहिक रूपमा आलुखेती सुरु गरेका हुन् ।सामान्य घर खर्च चलाउन पनि समस्या परिरहेको कोरोना महामारीको अवस्थामा बेरोजगार हुनेको संख्या दिनप्रतिदिन बढेको बढ्यै छ । तर बाकफाँटामा भने तीनजना युवा मिलेर सामूहिक रूपमा आलुखेती सुरु गरेका छन् । […]