काठमाडौं : विराटनगर घर भएका विनय दुलाल बिहीबार राति ८ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगे। रोजगारीका लागि दुबई जान लागेका दुलालले राति ११ बजेको टिकट काटेका थिए। नेपाल एयरलाइन्सको टिकट काटेका दुलाललाई प्लेन चढ्ने समयमा विमानस्थलबाट फर्काइयो। कतारको दोहा जान लागेका यात्रुहरूलाई जहाजका सबै सिट भरिएको भन्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै फर्काइएको उनले बताए। रोजी रोटीको जोहो गर्न घरबाट टीका माला लगाएर हिँडेका थिए। दुबईबाट १ महिनाको बिदा