अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवानको संसदमा पुगेकी छिन्। चीनको चेतावनी बाबजुद उनी मंगलवार राति संसदीय टोलीसहित राजधानी ताइपेइ पुगेकी हुन्। आज बिहानै उनले संसदमा पुगेर सम्बोधन गरिन्। त्यसक्रममा न्यान्सीले ताइवान विश्वकै स्वतन्त्र समाज मध्ये एक रहेको बताइन्।
सम्बोधनका क्रममा न्यान्सीले ताइवान र अमेरिकाबिच संसदीय आदानप्रदानमा जोड दिइन्। साथै, ताइवानसँग विज्ञान प्रविधिको विकासमा साझेदारी बढाउन अमेरिकाले लगानी बढाउने…