व्यक्तिको जग्गा गुठीको नाममा दर्ता

वर्षौंदेखि भोगचलन गरिरहेको खेतबारी अकस्मात् गुठीको नाममा दर्ता भएपछि धादिङ र गोरखाका तीन हजार पाँच सय घरधुरीका बासिन्दा समस्यामा परेका छन् । धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११, नेत्रावती डमजोङ गाउँपालिकाको वडा नम्बर ५ तथा गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा यस्तो समस्या देखिएको छ । दुवै जिल्लामा २०३२ सालमा जग्गाको नापी भएको थियो ।जग्गा नापी भएर लालपुर्जा वितरण गरेपछि वार्षिक तिरो तिर्न जिल्ला मालपोत कार्यालय जानुको सट्टा स्थानीय ज्यामरुङमा रहेको तत्कालीन श्री ५ को वायु गुठीमै

सम्बन्धित सामग्री

ऐतिहासिक षडानन्द सीताराम गुठीको संरक्षण गरिँदै

भोजपुर । भोजपुरको दिङ्लामा नेपालकै पहिलो संस्कृत पाठशाला सञ्चालनको लागि स्थापना भएको षडानन्द सीताराम गुठीको जग्गा खोजी थालिएको छ । आबाल ब्राह्मचारी षडानन्द अधिकारीले १९३२ सालमा पाठशाला सञ्चालनको लागि स्थापना भएको गुठीको नाममा कहाँ कति जग्गा भनेर खोजी थालिएको हो । हालसम्म गठीको नाममा करिव एक हजार दुई सय रोपनी जमिन रहेको भएपनि बाँकी जग्गा […] The post ऐतिहासिक षडानन्द सीताराम गुठीको संरक्षण गरिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजनीतिक शक्ति र पहुँचको आडमा गुठीको जग्गा कब्जा

काठमाडौं । काठमाडौंको तारकेश्वर–८ मा रहेको दालेकी शैक्षिक सार्वजनिक गुठीको ३ आना जग्गा एक व्यक्तिले कब्जा गरेका छन् । राजनीतिक शक्तिको पहुँचको आडमा सो गुठीको जग्गा स्थानीय नारायणकुमार श्रेष्ठले पर्खाल लगाएर कब्जामा लिएका छन् । नेकपा एकीकृत समाजवादीका स्थानीय नेतासमेत रहेका श्रेष्ठले गुठीको नाममा रहेको ८५ नम्बरको कित्ताको जग्गा ८८ नम्बरको कित्तामा गाभ्नका लागि पर्खाल […] The post राजनीतिक शक्ति र पहुँचको आडमा गुठीको जग्गा कब्जा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुठीको जग्गामा अवैध उत्खनन्, चार ट्रिपर महानगरको नियन्त्रणमा

वीरगंजः वीरगंज महानगरपालिकाले सार्वजनिक जग्गा अवैध उत्खनन् गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको छ। महानगरपालिका २८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन् गर्दै आएको सूचनाको आधारमा महानगर प्रहरीले ट्रिपर र स्काभेटर नियन्त्रणमा लिएको हो। नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालका अनुसार ना ८ ख ४१२५,…

गुठीको एउटै जग्गामा कयौंको दावी

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित गुठीको जग्गामा कयौं व्यक्तिले दाबी गरेका छन् । १० कठ्ठा क्षेत्रफलको सो जग्गा आफ्नो नाममा पार्न कयौंले विभिन्न जालझेल गर्न थालेको स्थानीयवासी बताउँछन् ।भित्रभित्रै नामसारीको प्रक्रियामा रहेको गुठीको जग्गा शंकास्पद देखिएपछि नापी कार्यालय धनुषाले सम्बन्धित २ वटा कार्यालयलाई पत्र काटेर सो जग्गाको विवरण माग गरेको छ । नापी कार्यालय धनुषाले गत साउन ४ मा भूमि सुधार तथा मालपोत कार्यालय धनुषा र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालयलाई पत्र काटेको थियो

वडाध्यक्षकै संलग्नतामा गुठीको जग्गामा क्लबको पक्की भवन !

११ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकामा वडाध्यक्षकै संलग्नतामा गुठीको जग्गा अतिक्रमण भएको पाइएको छ । महानगरको वडा नम्बर ७ का वडाध्यक्ष कुलबहादुर महर्जनको प्रत्यक्ष संलग्नतामा ललितपुर गुठीको जग्गा अतिक्रमण भएको गुठी कार्यालयले जनाएको छ । वडा नम्बर–८ बालकुमारीमा रहेको कित्ता नम्बर ९७ को क्षेत्रफल १–१०–२–० जग्गामा बालकुमारी रिमिक्स कल्बले अहिले धमाधम पक्का भवन बनाइरहेको छ […]

आफै क्लबको अध्यक्ष, आफै जनप्रतिनिधिः डेढ रोपनी गुठीको जग्गा कब्जा

काठमाडौं, फागुन ११ । ललितपुरको प्रसिद्ध बालकुमारी मन्दिर सँगैको करोडौं मूल्य पर्ने गुठीको जग्गा बालकुमारी रिमिक्स क्लबले कब्जा गरेको छ । ललितपुर महानगरपालिका–८ कित्ता नं ९७ को क्षेत्रफल १ रोपनी १० आना २ पैसामध्ये करिब १ रोपनी क्षेत्रफल जग्गामा गुठीको स्वीकृतिबेगर अस्थायी टहरा बनाई २०७१ सालदेखि क्लबले आगटेको थियो । क्लबकै अगुवाइमा अहिले पश्चिमतर्फ (बालकुमारी […]

गुठीको जग्गा खाली गर्न ‘अल्टिमेटम’

वर्षौंदेखि अतिक्रमण गरिरहेको कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ गुठीको जग्गा खाली गर्न अल्टिमेटम दिइएको छ । गुठी व्यवस्था समितिले वर्षौपछि मन्दिरको जग्गा अतिक्रमण गर्नेहरूको नाम सार्वजनिक गर्दै एक साताभित्र खाली गर्न अल्टिमेटम दिएको हो । गुठी समितिका उपाध्यक्ष कालिबहादुर थापाको संयोजकत्वमा बनेको उपसमितिले २०७१ साल जेठ २१ गते गुठी समितिलाई जग्गा अतिक्रमणबारे प्रतिवेदन पेस गरेको थियो […]

थाहाखबर समाचार प्रभाव : मन्दिरको जग्गा अतिक्रमण गर्नेको नाम सार्वजनिक

जुम्ला :  चन्दननाथ भैरवनाथको गुठीको जग्गा अतिक्रमण गर्नेको नाम सार्वजनिक भएको छ। यसअघि थाहाखबरमा गुठीको जग्गा अतिक्रमण भनेर समाचार छापिएको थियो।समाचार छापिएलगत्तै कर्णालीको प्रसिद्ध मानिने चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले मन्दिरको जग्गा अतिक्रमण गर्नेहरूको नाम सार्वजनिक गरेको हो। गुठी समितिका उपाध्यक्ष कालीबहादुर थापाको संयोजकत्वमा बनेको उपसमितिले २०७१ जेठ २७ गते गुठी समितिलाई जग्गा अतिक्रमण भएको प्रतिवेदन पेस गरेको थियो।गुठी समितिको बैठकले चन्दननाथ, भैरवनाथ गुठीको नाममा नापचाँज भएक

जनकपुरस्थित गुठीको जग्गा कब्जा गर्न खोजिएको भन्दै उजुरी

धनुषा १० असार : जनकपुरधाम उपमहानगर–२३ बेलाकुटीस्थित गुठीको जग्गा राजनीतिक पहुँचमा आधारमा कब्जा गर्न खोजिएको भन्दै ५० जना स्थानीयले जिल्ला प्रशासनमा उजुरी दिएका छन् । श्रीरामजानकी दुल्हा दुल्हिन मन्दिरको जग्गा धर्मशाला बनाउने नाममा कब्जा गर्न लागिएको उनीहरूको आरोप छ । जनकपुर बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीको अगुवाइमा गुठीको जग्गामा संरचना निर्माण गर्न लागिएको उजुरीकर्ता […]