गुठीको एउटै जग्गामा कयौंको दावी

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित गुठीको जग्गामा कयौं व्यक्तिले दाबी गरेका छन् । १० कठ्ठा क्षेत्रफलको सो जग्गा आफ्नो नाममा पार्न कयौंले विभिन्न जालझेल गर्न थालेको स्थानीयवासी बताउँछन् ।भित्रभित्रै नामसारीको प्रक्रियामा रहेको गुठीको जग्गा शंकास्पद देखिएपछि नापी कार्यालय धनुषाले सम्बन्धित २ वटा कार्यालयलाई पत्र काटेर सो जग्गाको विवरण माग गरेको छ । नापी कार्यालय धनुषाले गत साउन ४ मा भूमि सुधार तथा मालपोत कार्यालय धनुषा र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालयलाई पत्र काटेको थियो

सम्बन्धित सामग्री

वीरगञ्जमा गुठीको जग्गामा पोखरी खनेपछि विवाद

१३ चैत, वीरगञ्ज। गुठी संस्थानले कृषि बाली लगाउन भाडामा लगाएको जग्गा माछा पालन गर्न पोखरी खनेको पाइएपछि वीरगञ्जमा विवाद भएको छ । वीरगञ्ज महानगरपालिका–२८ दर्दवास्थित ३० विघा १२ कठ्ठा १० धुर जमिनमा माछापोखरी बनाउन माटो खनेपछि विवाद भएको हो । स्थानीय वासिन्दाले नदी छेउको जमिनमा पोखरी खन्दा वर्षायाममा गाउँ नै डुबान हुने खतरा बढेको बताएका […]

गुठीको जग्गामा अवैध उत्खनन्, चार ट्रिपर महानगरको नियन्त्रणमा

वीरगंजः वीरगंज महानगरपालिकाले सार्वजनिक जग्गा अवैध उत्खनन् गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको छ। महानगरपालिका २८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन् गर्दै आएको सूचनाको आधारमा महानगर प्रहरीले ट्रिपर र स्काभेटर नियन्त्रणमा लिएको हो। नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालका अनुसार ना ८ ख ४१२५,…

वडाध्यक्षकै संलग्नतामा गुठीको जग्गामा क्लबको पक्की भवन !

११ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकामा वडाध्यक्षकै संलग्नतामा गुठीको जग्गा अतिक्रमण भएको पाइएको छ । महानगरको वडा नम्बर ७ का वडाध्यक्ष कुलबहादुर महर्जनको प्रत्यक्ष संलग्नतामा ललितपुर गुठीको जग्गा अतिक्रमण भएको गुठी कार्यालयले जनाएको छ । वडा नम्बर–८ बालकुमारीमा रहेको कित्ता नम्बर ९७ को क्षेत्रफल १–१०–२–० जग्गामा बालकुमारी रिमिक्स कल्बले अहिले धमाधम पक्का भवन बनाइरहेको छ […]

आफै क्लबको अध्यक्ष, आफै जनप्रतिनिधिः डेढ रोपनी गुठीको जग्गा कब्जा

काठमाडौं, फागुन ११ । ललितपुरको प्रसिद्ध बालकुमारी मन्दिर सँगैको करोडौं मूल्य पर्ने गुठीको जग्गा बालकुमारी रिमिक्स क्लबले कब्जा गरेको छ । ललितपुर महानगरपालिका–८ कित्ता नं ९७ को क्षेत्रफल १ रोपनी १० आना २ पैसामध्ये करिब १ रोपनी क्षेत्रफल जग्गामा गुठीको स्वीकृतिबेगर अस्थायी टहरा बनाई २०७१ सालदेखि क्लबले आगटेको थियो । क्लबकै अगुवाइमा अहिले पश्चिमतर्फ (बालकुमारी […]

गुठीको जग्गामा महानगरको रजाइँ

विराटनगर महानगरका प्रमुख भीम पराजुलीले एक निजी गुठीको जग्गा हडपेर स्थानीय पोखरिया माध्यमिक विद्यालयलाई भाडामा दिएका छन् । सितलु मडर राजवंशीले खरिद बिक्री नहुने गरी सत्यनारायण मन्दिरको नाममा निजी गुठीमा दिएको विराटनगर–३ कञ्चनबारीस्थित जग्गामा उक्त विद्यालयले भवन बनाउन लागेको हो ।

जनकपुरस्थित गुठीको जग्गा कब्जा गर्न खोजिएको भन्दै उजुरी

धनुषा १० असार : जनकपुरधाम उपमहानगर–२३ बेलाकुटीस्थित गुठीको जग्गा राजनीतिक पहुँचमा आधारमा कब्जा गर्न खोजिएको भन्दै ५० जना स्थानीयले जिल्ला प्रशासनमा उजुरी दिएका छन् । श्रीरामजानकी दुल्हा दुल्हिन मन्दिरको जग्गा धर्मशाला बनाउने नाममा कब्जा गर्न लागिएको उनीहरूको आरोप छ । जनकपुर बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीको अगुवाइमा गुठीको जग्गामा संरचना निर्माण गर्न लागिएको उजुरीकर्ता […]

गुठीको जग्गाको व्यवस्थापन

संसद्को प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले गुठी जग्गामा मोहीलाई ५० प्रतिशत जमिन दिने गरी ऐनमा रहेको व्यवस्था कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले ऐनमा मोहीलाई ५० प्रतिशत...

गुठीको जग्गामा मोहीलाई ५० प्रतिशत मुआब्जा दिन निर्देशन

११ माघ, काठमाडौं । संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले गुठी अधिनस्थ जग्गा अधिग्रहण गर्दा सम्बन्धित मोहीलाई ५० प्रतिशत मुआब्जा दिन सरकारलाई निर्देशन दिएको छ । गुठीसम्बन्धी ऐन र भूमिसम्बन्धी ऐनले गुठी अधिनस्थ जग्गा अधिग्रहण गर्दा मोही र गुठी संस्थानलाई मुआब्जा आधा/आधा सुनिश्चित गरेको छ । तर, गुठी संस्थान (कार्य व्यवस्था) विनियम, २०४९ मा […]

गुठीको जग्गामा बसोबास गर्नेले बल्ल पाए राहत

दोलखा, मंसिर १९ गते । भीमेश्वर गुठीको जग्गामा वर्षौदेखि बसोबास गर्दै आएका दोलखाको भेड्पुवासीले विनाशकारी भूकम्प गएको एकतीस महिनापछि...