१३ भदौ, दाङ । निरन्तरको वर्षाका कारण तुलसीपुर उपमहानगरपालिकाको साततलेमा पहिरो खसेपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ । दाङ–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर–३ साततलेमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए । उनका अनुसार बिहान करिब तीन बजेतिर पहिरो खसेपछि सडकमा यातायात आवागमन ठप्प भएको छ […]