जितपुर सिमराका तत्कालीन प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध अनियमितताको मुद्दा

बारा : जितपुर सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर गरेको छ। आयोगले शुक्रबार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईँ तथा ठेकेदार ओमशंकरप्रसाद र मिराकुमारी श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो। नदीजन्य वस्तु उत्खनन् तथा ठेक्कावापतको रकम हिनामिना गरेको भन्दै उनीहरूमाथि मुद्दा दायर भएको हो। उपमहानगरपालिका अन्तर्गत पर्ने पसाहा र बालगंगा खोलाबाट नदीजन्य वस्तु उत्खनन, संकलन तथा ब

सम्बन्धित सामग्री

चार करोडभन्दा बढी बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रशासकीय प्रमुख अधिकृत शिवराज सेढाईंसहित दुुई जनाविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेढाईंले हेटौँडाको न्यु पाथिभरा सप्लायर्सलाई न्यूनतम सर्त पूरा नगरे पनि उपमहानगरपालिकाभित्रको गिट्टी, बालुवा उत्खनन तथा सप्लायर्सको जिम्मा दिएर राजस्व चुहावट गराएको आयोगको दाबी छ ।

जितपुर–सिमराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगञ्ज – बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईविरुद्ध राजस्व रकम चुहावट गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गराएको छ। उनीविरुद्ध अख्तियारले २ करोड २० लाख २७ हजार ९९ रुपैयाँ राजस्व रकम चुहावट गरेको आरोपमा मुद्दा दायर गराएको हो। सेढाइले आर्थिक वर्ष २०७६/७७ मा जितपुर–सिमरामा रहेको बालगंगा खोलाबाट […]

प्रमुख प्रशासकीय अधिकृतसहित तीनविरुद्ध सवा ५ करोडको भ्रष्टाचार मुद्दा

नदीजन्य वस्तु उत्खननमा अनियमितता गर्ने बाराको जितपुर सिमरा उप महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवा ५ करोड रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

माधव नेपालसँग सिमराका उद्योगीले भने– सम्पत्ति करले ढाड सेक्यो !

जितपुर सिमरा उपमहानगरपालिकाले गत असोजदेखि लागू गरेको एकीकृत सम्पत्ति कर चुनावी मुद्दा बनेको छ । शुक्रबार सिमरा आइपुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई समेत उद्योगी व्यवसायीले कर बढेको गुनासो पोख्न भ्याए ।सिमरामा पूर्वप्रधानमन्त्री नेपालसँग शुक्रबार यहाँका उद्योगी व्यवसायीहरुले भेटघाट गरे । यस क्रममा उनीहरुले जितपुर सिमरा उपमहानगरले व्यवसायी र आम नगरवासीको ढाड सेक्ने गरी हजार प्रतिशतले सम्पत्ति करमा वृद्धि गरेको गुनासो सुनाएका हुन् ।संघीय सरकार मा

नक्कली बिल प्रयोग गरी २९ करोड ७७ लाख राजस्व छल्ने फर्म बिरुद्ध मुद्दा दायर

मंसिर १०, काठमाडौं । नक्कली बिल प्रयोग गरी २९ करोड ७७ लाख बढी राजस्व छल्ने फर्म राजस्व अनुसन्धान विभागको कारबाहीमा परेको छ ।  जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको उज्ज्वल ट्रेड कन्सर्न, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको दिव्या ट्रेड कन्सर्न, हिलिहाङ्ग गाउँपालिका वडा नम्बर ७ को टोनी कन्सर्न ट्रेडका सञ्चालक प्रदिप शाह गोढले वस्तु तथा सेवाको प्रयोग नगरी झुट्टा तथा नक्कली मु.अ.कर बिजक जारी गरी ९ करोड १८ लाख ९९ हजार ३४९ मूल्य अभिवृद्धि कर र २० करोड ५८ लाख ७५ हजार १५० रुपैयाँ आयकर गरी कुल २९ करोड ७७ लाख ७४ हजार ४९९ रुपैयाँ राजस्व छली गरेको विभागको अनुसन्धानले देखाएको हो ।  उक्त रकम असुल गरी निज कम्पनी माथि कारबाही गर्न विभागले उच्च अदालत पाटनमा कम्पनी विरुद्ध शुक्रवार मुद्दा दायर गरेको छ । साथै, उक्त फर्महरूको गलत लेखा परीक्षण प्रतिवेदन तयार गरी सरकारलाई तिर्नु बुझाउनुपर्ने राजस्व छली गर्ने कार्यमा सहयोगी गर्ने मतियार लेखापरीक्षकलाई समेत राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन समेत) बमोजिम मुख्य प्रतिवादीहरूलाई हुने सजायको आधा सजाय दिन समेत विभागको माग रहेको छ ।

पूर्वसांसद विरूद्ध चेक अनदारको जाहेरी प्रहरीले नलिएपछि अदालतमा मुद्दा

पर्सा प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २३ का ३७ वर्षीय महमद आरिफ देवानले विघटित प्रतिनिधिसभाका समानुपातिक सांसद चाँद तारा कुमारी विरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।