चार करोडभन्दा बढी बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रशासकीय प्रमुख अधिकृत शिवराज सेढाईंसहित दुुई जनाविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेढाईंले हेटौँडाको न्यु पाथिभरा सप्लायर्सलाई न्यूनतम सर्त पूरा नगरे पनि उपमहानगरपालिकाभित्रको गिट्टी, बालुवा उत्खनन तथा सप्लायर्सको जिम्मा दिएर राजस्व चुहावट गराएको आयोगको दाबी छ ।

सम्बन्धित सामग्री

राजस्व छलीमा डेढ अर्बको बिगो सहित मुद्दा दायर

राजस्व छली गर्नेलाई करिब डेढ अर्ब बिगो दाबी गर्दै सरकारले मुद्दा दायर गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१को सात महिनामा राजस्व अनुसन्धान विभागले २५ वटा मुद्दा दायर गरेको छ।...

राजस्व छलीमा डेढ अर्बको बिगो सहित मुद्दा दायर

राजस्व छली गर्नेलाई करिब डेढ अर्ब बिगो दाबी गर्दै सरकारले मुद्दा दायर गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१को सात महिनामा राजस्व अनुसन्धान विभागले २५ वटा मुद्दा दायर गरेको छ।...

इच्छाराजको परिवारसँग ४ अर्ब बढी बिगो दाबी

काठमाडौं, भदौ १७ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङको परिवारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। विभागले बिहीबार तामाङका परिवारविरुद्ध ४ अर्ब ४३ करोड ५१ लाख बढी बिगो दाबीसहित मुद्दा दायर गरेको हो। प्रतिवादीहरू इच्छाराज र केशवलाल श्रेष्ठले सम्पत्तिको स्रोत लुकाउन आफ्ना परिवारका सदस्यहरूबीच अंशबन्डा गराएको भन्दै […]

तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७ लाख ५१ हजार बिगो दाबी

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुव नारायण झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले सार्वाजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।  दायर गरिएको मुद्दामा झासँग ७ लाख ५१ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । झाले विभिन्न योजना कार्यान्वयन […]

१६ करोड बिगो दाबी गर्दै तीन जनाविरुद्ध मुद्दा

आठ करोड २१ लाख ७२ हजार ४४१ रुपैयाँ राजश्व छलेकाले उनीहरूविरुद्ध बिगो र बराबरको जरिवाना गरी १६ करोड ४३ लाख ४५ हजार २८२ मागदाबी गर्दै मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो ।

भ्रष्टाचार मुद्दामा नागरिकले नबुझेको कुरा– अर्बमा बिगो दाबी, लाखमा धरौटी !

आन्तरिक राजश्व विभागको महानिर्देशक पदमा रहेका बेला चूडामणि शर्मा ढकालले भ्रष्टाचार गरेको भन्दै उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ अर्ब ३३ लाख २० हजार ३ सय रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता गरेको थियो। तर विशेष अदालतले भने उनलाई ५० लाख रुपैयाँ मात्र धरौटीमा रिहा गरेको छ। विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले असोज ११ गते उक्त आदेश गरेको हो । 'प्रतिवादीले कर फर्छ्यौट आयोगमा रही कार्य गर्दा विभिन्न करदाताहरूको कर मिनाहा गरेको भन्ने मिसिल संलग्न प्रमाणहरू...

२३ अर्ब बिगो दाबी गर्दै  राजस्व अनुसन्धानको मुद्दा

चालू आर्थिक वर्षमा राजस्व अनुसन्धान विभागले २३ अर्ब २६ करोड रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको छ । यो वर्षको साउनदेखि हालसम्म २ सय ६७ जना प्रतिवादीविरुद्ध सो रकमबराबर बिगो...

चुँडामणी शर्मालगायत तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब ३३ लाख बिगो दाबी

काठमााडौं। राजस्व विभागका तत्कालीन महानिर्देशक चुँडामणि शर्मासहित लुम्बुध्वज महत र उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगोसहितको भ्रष्टाचार मुद्दा बुधबार दायर गरेको हो। आयोगले आज उनीहरुसँग एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।