सभामुखको भूमिकाविरुद्ध सदनमा एमालेको आक्रोश, नाराबाजी गर्दै एकैदिन ३ बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाविरुद्ध संसदमा सशक्त विरोध शुरू गरेको छ । प्रतिनिधि सभाको अधिवेशन शुरू भएको पहिलो दिन बुधवार एमालेले लगातार ३ बैठकमा सभामुख सापकोटाविरुद्ध नाराबाजी गरेर बैठक अवरुद्ध गरेको हो ।  माधव नेपाल लगायत १४ सांसदमाथि गरिएको कारवाही सदर नगरेको भन्दै सभामुख सापकोटाको भूमिकाविरुद्ध एमाले रुष्ट छ । १४ सांसदमाथिको कारवाही सदर गर्न माग गर्दै सभामुखको कार्यकक्षमा धर्ना दिएको एमालेले बुधवार सदनमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै सदन अवरुद्ध गरेको ह...

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदको नाराबाजी

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी थालेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसाे बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् । एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएकाे छ । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । आजकाे बैठकमा प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरामाथिकाे महाअभियाेग प्रस्तावमा छलफल हुने कार्यसूची छ ।

आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘पक्षपूर्ण व्यवहार बन्द गर’भन्नेलगायतका नाराहरू लगाउँदै बुधबार पनि प्रतिनिसभा बैठक अवरुद्ध पारेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले वेल घेराउसहित चर्का नाराबाजी गर्दै प्रतिनिधिसभा अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएका हुन्।

एमालेद्वारा बुधबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘पक्षपूर्ण व्यवहार बन्द गर’भन्नेलगायतका नाराहरू लगाउँदै बुधबार पनि प्रतिनिसभा बैठक अवरुद्ध पारेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले वेल घेराउसहित चर्का नाराबाजी गर्दै प्रतिनिधिसभा अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएका हुन् ।यता सभामुख सापकोटाले सभालाई सूचारु गराएर आफ्ना असहमति राख्न पटक पटक आग्रह गरेपनि एमाले सांसदहरुले त्यसको वेवास्ता गर्दै पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षडयन्त

‘संसदीय मर्यादा’को माग गर्दै एमालेद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध

माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न दिएको पत्र सभामुखले कार्यान्वयन नगरेको भन्दै नेकपा एमालेले बिहीवार पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । दशैं बिदाका कारण लामो अन्तरालपछि बसेको प्रतिनिधि सभा बैठकमा एमालेले ‘संसदीय मर्यादा कायम गर’ भन्दै नाराबाजी गरेको हो । सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गर्नासाथ एमाले सांसदहरु वेलमा आएर नाराबाजी गरेका थिए ।  एमालेले नाराबाजी गरेपछि सभामुख सापकोटाले बाढी पीडितको लागि राहतका लागि समसामयिक विषयमा ध्यानाकर्षण गराउनको लागि संसद सं...

लगातार दशौं दिन पनि एमालेद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध

नेकपा एमालेले लगातार दशौं दिन पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । १४ सांसदलाई कारवाही गर्ने पार्टीको निर्णय सभामुखले सदर नगरेको विरोधमा एमालेले विरोध र नाराबाजी गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले 'प्रतिनिधि सभाको आजको कारवाही प्रारम्भ हुन्छ' भने लगत्तै सांसदहरूले वेलमा पुगेर नाराबाजी गरेका थिए । एमालेको नाराबाजीबीच सभामुखले कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्न समय दिए । त्यसपछि संसद बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमालेको नाराबाजी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार दोस्रो दिन पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।  शुक्रवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरेका हुन् ।  सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गरेलगत्तै एमाले सांसद दौडेर वेलमा गएर नाराबाजी शुरू गरेका थिए । एमालेको नाराबाजीपछि सभामुखले पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।  बुधवार पनि एमालेले लगातार तीनवटा बैठक अवरुद्ध गरेको थियो ।

संसद बैठक शुरू भएसँगै एमाले सांसदले गरे नाराबाजी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार दोस्रो दिन पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।  शुक्रवार प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गरेलगत्तै एमाले सांसद दौडेर वेलमा गएर नाराबाजी शुरू गरेका हुन् ।  एमाले सांसदले नाराबाजी शुरू गरेपछि सभामुख सापकोटाले एमालेले उठाएको प्रश्नको जवाफ दिइसकेकोले बैठक सुचारु गर्न आग्रह गरे ।  एमाले सांसदले नाराबाजी गरिरहेका छन् । बुधवार पनि एमालेले लगातार तीनवटा बैठक अवरुद्ध गरेको थियो ।

एमालेले चल्न दिएन संसद, नाराबाजी र होहल्ला (फोटो फिचर)

नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो । एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोले लगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सभामुख विरुद्ध नाराबाजी गरेका हुन् ।

एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, सभामुखविरुद्ध नाराबाजी

नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो । एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोले लगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सभामुख विरुद्ध नाराबाजी गरेका हुन् ।एमाले सांसदहरु नाराबाजीमा उत्रेपछि सभामुख अग्नि सापकोटाले संसदको नियम २१ को खण्ड ख र ग अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए । तर एमाले सांसदले नाराबाजी नरोकेपछि सभामुख सापकोटाले बैठक

एमालेद्वारा आज पनि लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध

नेकपा एमालेले सोमबार पनि लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ । एमालेले अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि सोमबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो ।एमाले सासंदहरुले नाराबाजी जारी राखेका छन् । उनीहरुले ‘हाम्रो माग पूरा गर , दलीय मर्यादा  कायम गर’ जस्ता नारा लगाएका छन् । दुई सांसदलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने भन्दै लुम्बिनीमा एमालेले बैठक अवरुद्ध पार्दै आएको छ ।