लगातार दशौं दिन पनि एमालेद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध

नेकपा एमालेले लगातार दशौं दिन पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । १४ सांसदलाई कारवाही गर्ने पार्टीको निर्णय सभामुखले सदर नगरेको विरोधमा एमालेले विरोध र नाराबाजी गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले 'प्रतिनिधि सभाको आजको कारवाही प्रारम्भ हुन्छ' भने लगत्तै सांसदहरूले वेलमा पुगेर नाराबाजी गरेका थिए । एमालेको नाराबाजीबीच सभामुखले कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्न समय दिए । त्यसपछि संसद बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ ।