काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिकामा सहमति जुट्न सकेन।सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमितिमा महामन्त्री पूर्ण बहादुर खड्काले केन्द्रीय निर्वाचन समितिले पारित गरेर पठाएको निर्वाचन निर्देशिका प्रस्तुत गरेका थिए।उक्त प्रस्तावमा सहमति जुट्न नसकेको बुझिएको छ। केन्द्रीय कार्यसमिति सदस्यहरुको सुझाव बमोजिम १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका आउने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।बिहीबारको बैठकमा