नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको लोकतन्त्र भनकै सहमति र समझदारी रहेको बताएका छन् । शनिवार चितवनमा जारी पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले देशभरबाट सर्वसहमतिका साथ महाधिवेशन प्रतिनिधि आउनु ठुलो खुसीको कुरा भएको बताउँदै नेतृत्व चयनमा सहमति आवश्यक रहेको बताए । उनले पार्टीभित्रको लोकतन्त्रको बारेमा आफूले बारम्बार भनेको बताउँदै भने–‘पार्टीभित्रको मुख्य लोकतन्त्र समझदारी हो, सहमति हो, एकता हो, एकतापूर्ण ढंगले सहमतिका साथ अगाडि बढ्नु प