नेपाली काँग्रेस १४ औं महाधिवेशनको पूर्वसन्ध्या बिहीबार पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ । महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा सहभागी हुन नेताहरु पार्टी मुख्यालय सानेपा पुगेका छन् । यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौँमा महाधिवेशन आयोजना हुँदैछ ।काँग्रेसका एक पदाधिकारीका अनुसार बिहीबारको बैठकमा खुलातर्फ दुई जना सहमहामन्त्री थप्ने तयारी छ । सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच थप्ने विषयमा सहमति भइसकेको ती नेताको भनाइ छ । तर वरिष्ठ नेता