काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक चाडपर्वकाे महत्त्व फरक–फरक हुने भन्दै तिनकाे संरक्षण, संवर्द्धन गर्न आवश्यक रहेकाे बताउनुभएकाे छ ।
आज बिहीवार भाइटीका ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । आजको समय किंवदन्तीको नभइ तथ्य र तथ्याङ्कको भएकाले चाडपर्वमा रहेका कमजोर पक्षहरूलाई हटाउनुपर्ने उहाँकाे भनाइ थियाे ।
अध्यक्ष ओलीले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका लगाउनुभएको हो । ...