काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्।नयाँ प्रधानमन्त्रीको शपथग्रहणमा निवर्तमान प्रधानमन्त्री जाने प्रचलन भएपनि ओलीले उक्त प्रचलनलाई तोडेका हुन्। ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै छन्।उनले सरकारी निवास भोलि मात्रै छोड्ने जनाइएको छ। जनादेशबाट नभई परमादेशबाट आएका प्रधानमन्त्रीको शपथग्रहणमा आफू सहभागी हुन आवश्यक नभएको ओलीले तर्क गरेको बुझिएको छ। ओली शपथग्रहणमा सहभागी नभए पनि संवैधान