गाउँशहर थुम्काडाँडामा ३८ लाखको लागतमा शिल्पी संग्रहालय निर्माण

लमजुङ। लमजुङको पर्यटकीय गाउँशहरस्थित थुम्काडाँडामा निर्माण सम्पन्न जातीय पहिचान सहितको पुरातात्त्विक शिल्पी सङ्ग्रहालयको औपचारिक उद्घाटन भएको छ । बेसीशहर नगरपालिका ३ मा पर्ने सो संग्राहलय निर्माण सम्पन्न भएसँगै एक औपचारिक कार्यक्रमकाबीच शनिवार उद्घाटन भएको हो । बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले सङ्ग्रहालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि अर्यालले सबै जातिहरुले […]

सम्बन्धित सामग्री

सिन्धुलीगढीमा बन्यो पहिलो युद्ध संग्रहालय

काठमाडौ : सिन्धुलीगढीमा ऐतिहासिक ‘सिन्धुलीगढी युद्ध संग्रहालय’ निर्माण गरिएको छ। नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा निर्माण गरेकाे संग्रहालय बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्।  नेपाली इतिहासको महत्वपूर्ण भुमि संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले संग्रहालय निमार्ण गरिएको हो। २०७६ कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पाेखरेलले युद्ध संग्रहालयको शिलान्यास गरेका थिए।ऐ

सिन्धुलीगढी आइपुगिन् राष्ट्रपति भण्डारी

सिन्धुली : राष्ट्रपति विद्यादेवि भण्डारी सिन्धुलीगढी पुगेकी छिन्।नेपालको पहिलो युद्ध संग्रहालय उद्घाटनका लागि राष्ट्रपति भण्डारी सिन्धुली आइपुगेकी हुन्। युद्धकला झल्किने गरी संग्रहालय निर्माण गरिएको छ। २०७६ कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले ‘सिन्धुलीगढी युद्ध संग्रहालय’ को शिलान्यास गरेका थिए।नेपाली सेनाले कमलामाइ नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा उक्त संग्रहालयको निर्माण कार्य भइ करीब डेढ वर्षपछि आज उद्घाटन हुन लागे

गोकर्णको यज्ञडोल सामुदायिक वनमा युनेस्को ग्राम बन्ने

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा युनेस्को ग्राम निर्माण हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटको बुँदा नं २३५ मा राष्ट्रिय शहीद स्मारक निर्माण भइरहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा ग्राम निर्माण हुनेगरी रकम व्यवस्थापन गरेको उल्लेख छ । ग्राम अन्तर्गत २१ करोडको लागतमा शहीद तथा युनेस्को संग्रहालय निर्माण गरिनेछ । संग्रहालयमा नेपालका सबै जातिको पहिचान झल्कने वस्तु संग्रह गरिने राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल सामुदायिक वन पर्या पर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।   ग्राम अन्तर्गत जडीबुटी उद्यान निर्माण गरिनेछ । विभिन्न किसिमका जडीबुटी नर्सरी राखेर सामुदायिक वनमा व्यावसायिक रूपमा काम अघि बढाइने योजना छ । यसैगरी युनेस्को अध्ययन केन्द्रसमेत निर्माण हुनेछ । युनेस्कोको क्याटेगोरी दुईअनुसार निर्माण हुने केन्द्रमा अरू देशले पनि लगानी गर्नेछन् । केन्द्रमा योग, ध्यान र पूर्वीय दर्शनका विभिन्न विधामा अध्ययन अनुसन्धान र अभ्यासका काम गरिने बताइएको छ । युनेस्कोका अरू सदस्य राष्ट्रले समेत लगानी र सहकार्य गर्नेगरी केन्द्रको अवधारणा अघि बढाइएको हो । युनेस्को ग्राम निर्माणमा ६२ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत काम शुरू भएर मन्त्रालय खारेजीसँग अलपत्र भएको राष्ट्रिय शहीद स्मारकको कामले यस वर्ष निषेधाज्ञाकै बेला गति लिएको छ । विभागका इञ्जिनीयर दीपक साहका अनुसार शान्ति मन्त्रालयबाट आएका रुग्ण अवस्थामा रहेका पाँचओटा ठेक्काको सूचना जारी गरेर निर्माण व्यवसायीलाई काममा बोलाइएको थियो । पाँचओटा ठेक्कामध्ये तीन सूर्य आरबी÷जनपद जेभी, बोखिम÷शान्ति जेभी र डाँफे÷सुनौला÷खिम्ती जेभी काममा आएका छन् । यसमध्ये बोखिम÷शान्ति जेभीले गतवर्ष असारमै काम सकेको छ । सूर्य आरबी÷जनपदले ३६ ओटा मूर्ति ढुंगाका राख्ने, रङ लगाउनेलगायत काम बाँकी रहेकामा चालू आर्थिक वर्षको असारसम्ममा सक्ने काम गरिरहेको उनले बताए ।  रासस

साढे चार करोड लागतमा सिन्धुलीगढी युद्ध संग्रहालय

ऐतिहासिक सिन्धुलीगढीमा युद्ध संग्रहालय निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। गत वर्ष तत्कालीन रक्षामन्त्री ईश्वर पोखरलले २५२औं विजय उत्सव समारोहबीच शिल्यान्यास गरेसँगै युद्ध संग्रहालयको निर्माणले तीव्रता पाएको थियो। भवन निर्माण तथा संरचनाको काम ९९ प्रतिशत पूरा भइसकेको सिन्धुलीस्थित बर्दबहादुर गणका गणपति विजय थापाले जानकारी दिए।