साढे चार करोड लागतमा सिन्धुलीगढी युद्ध संग्रहालय

ऐतिहासिक सिन्धुलीगढीमा युद्ध संग्रहालय निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। गत वर्ष तत्कालीन रक्षामन्त्री ईश्वर पोखरलले २५२औं विजय उत्सव समारोहबीच शिल्यान्यास गरेसँगै युद्ध संग्रहालयको निर्माणले तीव्रता पाएको थियो। भवन निर्माण तथा संरचनाको काम ९९ प्रतिशत पूरा भइसकेको सिन्धुलीस्थित बर्दबहादुर गणका गणपति विजय थापाले जानकारी दिए।