गोकर्णको यज्ञडोल सामुदायिक वनमा युनेस्को ग्राम बन्ने

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा युनेस्को ग्राम निर्माण हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटको बुँदा नं २३५ मा राष्ट्रिय शहीद स्मारक निर्माण भइरहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा ग्राम निर्माण हुनेगरी रकम व्यवस्थापन गरेको उल्लेख छ । ग्राम अन्तर्गत २१ करोडको लागतमा शहीद तथा युनेस्को संग्रहालय निर्माण गरिनेछ । संग्रहालयमा नेपालका सबै जातिको पहिचान झल्कने वस्तु संग्रह गरिने राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल सामुदायिक वन पर्या पर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।   ग्राम अन्तर्गत जडीबुटी उद्यान निर्माण गरिनेछ । विभिन्न किसिमका जडीबुटी नर्सरी राखेर सामुदायिक वनमा व्यावसायिक रूपमा काम अघि बढाइने योजना छ । यसैगरी युनेस्को अध्ययन केन्द्रसमेत निर्माण हुनेछ । युनेस्कोको क्याटेगोरी दुईअनुसार निर्माण हुने केन्द्रमा अरू देशले पनि लगानी गर्नेछन् । केन्द्रमा योग, ध्यान र पूर्वीय दर्शनका विभिन्न विधामा अध्ययन अनुसन्धान र अभ्यासका काम गरिने बताइएको छ । युनेस्कोका अरू सदस्य राष्ट्रले समेत लगानी र सहकार्य गर्नेगरी केन्द्रको अवधारणा अघि बढाइएको हो । युनेस्को ग्राम निर्माणमा ६२ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत काम शुरू भएर मन्त्रालय खारेजीसँग अलपत्र भएको राष्ट्रिय शहीद स्मारकको कामले यस वर्ष निषेधाज्ञाकै बेला गति लिएको छ । विभागका इञ्जिनीयर दीपक साहका अनुसार शान्ति मन्त्रालयबाट आएका रुग्ण अवस्थामा रहेका पाँचओटा ठेक्काको सूचना जारी गरेर निर्माण व्यवसायीलाई काममा बोलाइएको थियो । पाँचओटा ठेक्कामध्ये तीन सूर्य आरबी÷जनपद जेभी, बोखिम÷शान्ति जेभी र डाँफे÷सुनौला÷खिम्ती जेभी काममा आएका छन् । यसमध्ये बोखिम÷शान्ति जेभीले गतवर्ष असारमै काम सकेको छ । सूर्य आरबी÷जनपदले ३६ ओटा मूर्ति ढुंगाका राख्ने, रङ लगाउनेलगायत काम बाँकी रहेकामा चालू आर्थिक वर्षको असारसम्ममा सक्ने काम गरिरहेको उनले बताए ।  रासस

सम्बन्धित सामग्री

कान्तिपुरकर्मी बस्नेतलाई 'युनेस्को युथ पिस एम्बेसडर अवार्ड'

कान्तिपुरकर्मी मनोज बस्नेतलाई अमेरिकामा 'युनेस्को युथ पिस एम्बेसडर अवार्ड' प्रदान गरिएको छ ।

युनेस्को अवार्डका लागि आवेदन आह्वान

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले युनेस्को पेरिसबाट सन् २०२४ का लागि दिइने ‘युनेस्को प्राइज फर गल्र्स एण्ड वुमन’ मा आवेदन दिन आह्वान गरेको छ । नेपाल सरकारलाई सिफारिस गर्न अनुरोध भएको उक्त पुरस्कारको राशि ५० हजार अमेरिकी डलर (करिब रु ६६ लाख) रहेको छ । नेपालमा …

बिश्वसम्पदा केन्द्रमा कपिलबस्तुको तिलौराकोटको मनोनयन प्रस्तुत

बिश्व सम्पदा सूचिमा सुचिकृत गर्नका लागि प्राचिन कपिलबस्तुको तिलौराकोटलाई अन्तिम प्रकृयामा लगिएको छ । त्यसका लागि युनेस्को बिश्व सम्पदा केन्द्रमा तिलोराकोटको अन्तिम मनोनयन पेश भएको हो । यो संगै तिलौराकोट बिश्वसम्पदा सूचिमा सूचिकृत हुने संभावना बलियो बनेको हो । सरकारका तर्फबाट कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन दस्तावेज युनेस्को विश्व सम्पदा केन्द्रमा […]

अमेरिकाको युनेस्को फिर्तीको नियत

जो बाइडेन प्रशासनले लामो समयको अनुपस्थितिपछि संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) मा पुनः सामेल हुने निर्णय गरेको छ । उसो त यो कदम सामान्य नै लाग्न सक्छ, तर...

अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिम काम गर्न शिक्षामन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रियरुपमा गरिएको प्रतिबद्धता बमोजिम नेपालको स्थानीय विशिष्टताको संरक्षण र सम्वर्द्धन गर्नेगरी काम गर्न युनेस्को नेपाललाई  आग्रह गरेका छन् ।युनेस्को नेपालका निमित्त नेपाल आयोगको सचिवालयको ३४औँ वार्षिकसभाको आज अध्यक्षता गर्दै मन्त्री पौडेलले सन् २०३० सम्मका लागि तय गरिएको दिगो विकास लक्ष्यमा पुग्न ‘एडल्ट लर्निङ र एजुकेशनको रोडम्याप’ अनुसार नीति, सुशासन, लगानी, सहभागिता समावेशीकरण, समानता र गुणस्तरका क्षेत्र पहिचान गरी

युनेस्को कार्यकारी बोर्डमा भारत पुनः निर्वाचित

इन्डिया न्युज नेटवर्क ।  भारत सन् २०२१ देखि २०२५ सम्मको कार्यकालका लागि युनेस्को कार्यकारी बोर्डमा पुनः निर्वाचित भएको छ । युनेस्को संयुक्त राष्ट्र संघको तीन संवैधानिक निकायहरूमध्ये एक हो । यसबारे जानकारी दिँदै, पेरिसमा युनेस्कोका भारतीय स्थायी प्रतिनिधिमण्डलले ट्विटमा भनेका छन् – ‘भारत २०२१–२५ अवधिका लागि १ सय ६४ मत प्राप्त गरेर युनेस्कोको कार्यकारी बोर्डमा […]

जर्मन राजदूत र युनेस्को टोलीद्वारा भक्तपुर अवलोकन

भक्तपुर– नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्ज र नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोप्टसहितको टोलीले आज विश्व सम्पदामा सूचीकृत भक्तपुरका सम्पदाहरुको अवलोकन गरेका छन् । टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरे । टोलीले भक्तपुर दरबार क्षेत्रस्थित राष्ट्रिय कला सङ्ग्रहालय, पच्चपन्ने झ्याले दरबार, तलेजु मन्दिर परिसर, टौमढी अवस्थित पाँचतले मन्दिर, दत्तात्रय क्षेत्रलगायतको स्थलगत […]

अभौतिक साँस्कृतिक सम्पदाको संरक्षणमा जुट्दै युनेस्को

भोजपुर । भोजपुरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । अभौतिक सम्पदालाई पहिचान गरेर विकास गर्दै देशको संस्कार, सस्कृति, रहनसहन, विभिन्न मान्यताहरु भावी पुस्तासम्म पु¥याउने लक्ष्यले कार्यक्रम गरिएको हो । युनेस्कोका अमूर्त साँस्कृतिक सम्पदा संरक्षण महासन्धि २००३ ले भाषा, परम्परागत शिल्पकारिता, सामाजिक अभ्यास, प्रस्तुति कला लगायत पाँच ओटा बृहत विद्याहरु प्रस्ताव गरेको […] The post अभौतिक साँस्कृतिक सम्पदाको संरक्षणमा जुट्दै युनेस्को appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.