स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारले ४–५ दिनभित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने बताएका छन् ।
समाजवादी प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब बस्ने मन्त्रिपरिषद्को बैठकले चुनावको मिति तय गर्ने बताएका हुन् ।
आयोगले माघको पहिलो हप्ताभित्रमा मिति घोषणा गरे वैशाखमा चुनाव गराउन सक्ने बताउँदै आएको छ ।
मन्त्री खतिवडाले अहिलेको सरकार चुनावबाट नभागेको समेत बताएका छन् । तीनै तहको चुनाव एकैपटक गराउने हो भनेर पत्रकारले सोधेको प्रश्नमा उनले प्रदेश र...