काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको बताएका छन्। शुक्रबार पर्साको छिपहरमाई गाउँपालिकाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका मन्त्री साहले मधेशी दल नेतृत्वको प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त भएको बताउँदै उनीहरुको कारण दुनियाँमा मधेसको इमेज नै खराब भएको बताए।प्रदेश २ सरकारले संघीय सरकारको जनता आवास कार्यक्रममार्फ़त गरिब दलितको आवासका ल