संघीय संसद्को प्रतिनिधिसभा ६ महिनादेखि लगातार अवरुद्ध हुँदा सूचना–प्रविधि सम्बन्धी महत्वपूर्ण कानुन निर्माण अघि बढ्न सकेको छैन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यसअघि संसद्मा दर्ता भइसकेका कानुन नै अघि बढ्न नसकेपछि अन्य कानुन निर्माणसमेत प्रभावित भएको छ ।मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखाका अनुसार संसद् अवरुद्ध हुँदा आमसञ्चार सम्बन्धी विधेयक, दूरसञ्चार विधेयक, चलचित्र […]