समितिले पूरक प्रश्नका लागि जबरालाई शुक्रबार बिहान ९ बजे बोलायो

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई शुक्रबार बिहान ९ बजे पूरक प्रश्नका लागि बोलाएको छ । निलम्बित प्रधानन्यायाधीश जबराको बयान लिने क्रम सकिएपछि पूरक प्रश्नका लागि शुक्रबार बिहान ९ बजे बोलाएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

सम्बन्धित सामग्री

एमाले बाग्मती प्रदेशको मतदान शुक्रबार बिहान हुने

काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको मतदान शुक्रबारका लागि सरको छ । अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै साँझ ६ बजेबाट हुने भनिएको मतदान शुक्रबारका लागि सरेको हो । शुक्रबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको एमाले नेता शेरबहादुर तामाङले जानकारी गराउनुभयो । प्रदेश अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार […]

सेयर कारोबार आजदेखि शुक्रबार पनि

काठमाडौँ – आजदेखि शुक्रबार पनि सेयर कारोबार हुने थालेको छ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आजदेखि पहिलो पटक शुक्रबार पनि सेयर कारोबार हुने भएको हो । शुक्रबार बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्र कारोबार हुने नेप्सेले […]

यो सातादेखि आइतबारसहित शुक्रबार पनि सेयर कारोबार हुने

यो सातादेखि आइतबारसहित शुक्रबार पनि सेयर कारोबार हुने थालेको छ । सरकारले आइतवारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले  आइतबारसहित शुक्रवार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो ।  सोहीअनुसार आइतबारसहित  शुक्रबार पनि सेयर कारोबार हुने भएको हो । शुक्रबार भने बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्र कारोबार हुने नेप्सेले जानकारी गराएको छ ।आइतबारदेखि बिहीबारसम्म दिनको ४ घण्टा अर्थात् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार हुनेछ । यसअघि

काठमाडौंको मतगणना बिहान आठ बजेदेखि

काठमाडौँ – काठमाडौं महानगरपालिकाको मतगणना आज बिहान आठ बजेदेखि हुँदैछ। शुक्रबार रातिसम्ममा मतपेटीका संकलन भइसकेपछि बसेको सर्वदलीय बैठकले मतगणना शनिबार बिहान आठ बजेदेखि गर्ने निर्णय गरेको हो। शुक्रबार एकसाथ देशभर भएको मतदानमा ६४ प्रतिशत मतदान भएको छ। काठमाडौं महानगरको ३६३ मतदानस्थलबाट सम्पूर्ण मतपेटीका संकलन हिजै भइसकेको छ। काठमाडौंको मतगणनाका लागि राष्ट्रियसभा गृहमा सम्पूर्ण तयारी पूरा […]

धरानमा शनिबार बिहान ८ बजेदेखि मात्र मतगणता गरिने

धरानमा बिहिबार दिउँसो भएको सर्वदलिय तथा सर्वपक्षीय बैठकले शुक्रबार हुने मतदानको मतगणना भने शनिबार बिहान ८ बजेदेखि मात्र शुरु गर्ने निर्णय भएको हो।...

नेपाली कांग्रेस धनुषाको निर्वाचन शुक्रबार

जनकपुरधाम : नेपाली कांग्रेस धनुषाको सभापति पदको दोस्रो चरणको निर्वाचन शुक्रबार बिहान हुने भएको  छ।उम्मेदवारको सहमति र सहकार्य गर्ने निर्णयअनुसार सभापति पदको दोस्रो चरणको मतदान शुक्रबार बिहान ८ बजेदेखि हुने जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले बताए।यसअघि बिहीबार बिहान ८ बजेदेखि मतदान गर्ने सूचना प्रकाशन गरिएको थियो। सभापतिका लागि मंगलबार अबेर राति भएको मतगणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणको निर्वाचन गर्नुपरेको हो। धनुषामा ९१ पदका लागि २४० उम्मेदवार प्रतिस्पर

बुद्धभुमि नेपाल हाइड्रोको आईपिओ शुक्रबार बिहान बाँडफाँड हुने

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ शुक्रबार बिहान बाँडफाँड हुने भएको छ  । बिक्रि प्रबन्धक सिभिल क्यापिटलले शुक्रबार बिहान १०:३० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।क्यापिटलले असोज २० गते बुधबार आईपिओको प्रि अलोटमेन्ट गरेको थियो । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि शुक्रबार बिहान शेयर बाँडफाँड गर्ने लागिएको  हो  । कम्पनीले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर  बिक्रि खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको हो। ८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन्। कम्पनीको आईपिओमा ३५ गुणाको आवेदन परको छ । कम्पनीको आईपीओमा २१ लाख ११ हजार ८ सय १९ जना आवेदकबाट २ करोड ६५ लाख ३१ हजार ४० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा ३५.६६  गुणा बढी हो । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ । जस अनुसार ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २० लाख बढी आवेदकले शेयर पाउने छैनन् । यद्यपि यो आवेदन भेरिफाई हुनु भन्दा अगाडीको डाटा रहेकोले यो संख्या केहि तलमाथि हुन सक्ने छन् । कम्पनी परिचय : बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड प्रचलित कानून बमोजिम २०७४ साल श्रावण ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भै मिति २०७४ साल श्रावण ३१ गते देखि पब्लीक लिमिटेड कम्पनीमा परिणत भै कम्पनी ऐन २०६३ र विद्युत ऐन २०४९ अन्तर्गत काम÷कारोबार गर्दै आइरहेको छ । कम्पनीले तल्लो ताँदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको विद्युत गृह स्थल नुवाकोट जिल्लाको सदरमुकाम बिदुर बाट २६ कि.मी. को पुर्वमा तथा खरानीटार बजार बाट ५ किलो मिटरको दुरीमा अवस्थित रहेको छ । आयोजनाको मुख्य संरचनामा हेडवर्क्स दुप्चेश्रर गाउं पालिका को वडा नं ५ र ६ मा तथा आयोजनाको पावर हावर पंचकन्या गाउंपालिका वडा नं ०४ नौटारीमा पर्दछ। आयोजनाको जडित क्षमता ४.९९३ मे.वा रहेको छ  । समग्रमा आयोजनाको कार्य प्रगति ९५ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले उल्लेख गरेको छ । यो पनि : बुद्धभुमि हाइड्रोको आईपिओ रिभ्यु: यसै वर्ष १८ करोड आम्दानी, ८०/८१ मा लाभांश प्रक्षेपण

तेह्रथुम पावरको आईपीओ बाँडफाँट शुक्रबार बिहान

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार उक्त आईपीओ शुक्रबार बिहान बाँडफाँट हुने भएको हो ।

कांग्रेस बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित

पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफल गर्न बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।  बिहीबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनको लागि निर्वाचन निर्देशिका छलफलका...

टोकियो ओलम्पिकमा सरस्वतीले शुक्रबार बिहान प्रतिस्पर्धा गर्दै

१४ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा नेपालबाट ५ खेलाडीले भाग लिएकोमा शुक्रबार नेपालको अन्तिम प्रतिस्पर्धा हुँदैछ । एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले शुक्रबार बिहान प्रतिस्पर्धा गर्दैछन् । उनले महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा प्रतिस्पर्धा गर्नेछिन् । मुख्य हिटमा पुग्नका लागि नै प्रारम्भिक चरण पार गर्नुपर्नेछ । प्रारम्भिक चरणमा तीन वटा […]