बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ८९.६६ प्रतिशत पुग्यो

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य तरलताको अभाव बढ्दै गएको छ । बैंकिङ सिस्टमको औसत कर्जा–निक्षेप अनुपात सीडी रेसियो नै ९० प्रतिशतको नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीको औसत सीडी रेसियो ८९.६६ प्रतिशत पुगेको छ । वाणिज्य बैंकहरुको औसत सीडी रेसियो सिस्टमको भन्दा अझै बढी भएकाले बैंकहरु सीडी...

सम्बन्धित सामग्री

मर्जरमा जानेलाई सीडी रेसियोमा लचकता

केन्द्रीय बंैकले गाभ्ने, गाभिने (मर्जर) तथा प्राप्तिमा जाने बैंक तथा वित्तीय संस्थालाई कर्जा निक्षेप (सीडी रेसियो)मा लचकता दिएको छ भने यसरी मर्जर तथा प्राप्तिमा गएका बैंक तथा वित्तीय संस्थाको सेयर कारोबारको सम्बन्धमा निर्णय गर्ने अधिकार पनि धितोपत्र बोर्डलाई दिएको छ ।नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने (मर्जर) वा प्राप्ति […]

सीडी रेसियो ९५ प्रतिशत पुर्याउन सिबिफिनको राष्ट्र बैंकलाई सुझाव

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सीडी रेसियोलाई ९५ प्रतिशत पु¥याउन राष्ट्र बैंकसँग माग गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकलाई सुझाव दिँदै परिसंघले हाल मौजुदा ९० प्रतिशतको सीडी रेसियोलाई ९५ प्रतिशत पु¥याउन आग्रह गरेको हो ।मुलुकमा आर्थिक समस्याका बाबजुद लगानीको वातावरण बनाइ उत्पादनमा केन्द्रित हुने पर्ने परिस्थिति रहेको भन्दै परिसंघले हालको सीडी रेसियोलाई परिमार्जन गर्दै ९५ प्रतिशत पु¥याउन सुझाव दिएको हो ।  यस्तै, थप ल

मौद्रिक नीतिमा बैंकको सीडी रेसियो ९५ प्रतिशत पुर्‍याउन सुझाव

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले आगामी मौद्रिक नीतिमा बैंकको सीडी रेसियो ९५ प्रतिशत पुर्‍याउनु पर्ने सुझाव दिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिबिफिनले आगामी मौद्रिक नीतिमा बैंकको सीडी रेसियो ९५ प्रतिशत पुर्‍याउनु पर्ने सुझाव दिएको हो । सिबिफिनले मौद्रिक नीतिमा राष्ट्र बैंकले तीन वटा माग प्रमुख रुपमा उठाएको छ […]

बैंकले मागे थप सुविधा, सीडी रेसियो ९५ प्रतिशत पुर्‍याउन माग

२३ असार, काठमाडौं । बैक तथा वित्तिय संस्थाका सञ्चालकहरूले मौद्रिक नीतिले गरेका कसिला व्यवस्थाहरु खुला गर्न माग गरेका छन् । उनीहरुले यही असार मसान्त कार्यान्वयन हुने कर्जा-निक्षेप अनुपात (सीडी रेसीयो)को सीमा बढाउन माग गरेका छन्न् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)ले सीडी रेसियो ९० प्रतिशतबाट बढाएर ९५ प्रतिशत […]

सीडी रेसियो सशर्त ९५ प्रतिशत पु¥याउन सुझाव

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)ले सशर्त रूपमा सीडी रेसियो ९० बाट ९५ बनाउने वा यसअघिको सीसीडी रेसियोको व्यवश्था फेरि लागू गर्न सुझाव दिएको छ ।सीबीफिनका अध्यक्ष पवन गोल्यानको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार भेटेर उत्पादनशील क्षेत्रमा मात्र कर्जा जाने सुनिश्चितताका साथ सीडी रेसियो ९० बाट ९५ बनाउन सुझाव दिएको हो । […]

बैंकमा निक्षेप फर्किंदै

काठमाडौं । स्थानीय चुनावका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप पुन: बैंकमै फर्किन थालेको छ । नेपाल बैकर्स संघको तथ्यांकअनुसार वैशाखभर वाणिज्य बैंकहरूबाट १९ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको थियो । चुनावपछिका २ सातामा बैंकहरूमा १३ अर्ब रुपैयाँ निक्षेप फर्किएको छ । संघका अनुसार चैत अन्तिममा वाणिज्य बैंकहरूमा कुल ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वैशाख ३० गतेसम्ममा घटेर ४३ खर्ब ७० अर्ब कायम भएको थियो । जेठ १३ गतेसम्ममा बढेर ४३ खर्ब ८३ अर्ब पुगेको छ । जेठ पहिलो साता ७ अर्ब र दोस्रो साता ६ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । स्थानीय तहको चुनावका लागि बैंकबाट बाहिरिएको निक्षेप पुन: बैंकिङ प्रणालीमै फर्किन थालेको संघले जनाएको छ । बैंकहरूमा स्वदेशी मुद्राको निक्षेप वृद्धि भए पनि विदेशी मुद्रामा रहेको निक्षेप भने स्थिर देखिएको छ । बैंकमा स्वदेशी मुद्राको निक्षेप ४२ खर्ब ६० अर्ब रुपैयाँबाट वृद्धि भई ४२ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । विदेशी मुद्राको निक्षेप भने १ खर्ब १० अर्ब रुपैयाँ बराबर छ । निक्षेप वृद्धिसँगै बैंकहरूको कर्जा प्रवाह पनि बढेको छ । जेठको २ साता बैंकहरूको कर्जा ७ अर्ब रुपैयाँले विस्तार भएको छ । वैशाखभरमा ६ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ९१ अर्ब रुपैयाँमा झरेको बैंकहरूको कुल कर्जा जेठ १३ गतेसम्ममा बढेर ४१ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको संघले जानकारी दिएको छ । तरलता अभावसँगै बैंकहरूको सीडी रेसियो नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी भएपछि बैंकहरूले पछिल्लो समय कर्जा विस्तार गर्न सकेका छैनन् । बैंकहरूले नयाँ कर्जा स्वीकृत नगरे पनि पहिल्यै स्वीकृत गरेको ससानो आकारको कर्जा मात्र प्रवाह गर्दै आएका छन् । निक्षेप वृद्धिपछि बैंकहरूको सीडी रेसियोमा पनि सुधार आएको छ । संघका अनुसार जेठ १३ गते वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ९० दशमलव ४१ प्रतिशत रहेको छ । जेठ ६ गते यो अनुपात ९० दशमलव ६० प्रतिशत थियो । बैंकहरूले असार मसान्तभित्र सीडी रेसिया ९० प्रतिशतभन्दा कममा झार्नुपर्ने व्यवस्था छ । मौद्रिक नीतिको तयारी शुरू यसैबीच, सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गरेसँगै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न तयारी शुरू गरेको छ । राष्ट्र बैंकले मंगलवार सार्वजनिक सूचना जारी गर्दै सरोकारवालालाई मौद्रिक नीतिका लागि रायसुझाव पेश गर्न आग्रह गरेको छ । साउन पहिलो साता नीति जारी गर्नेगरी तयारी गरिरहेको छ । बैंक तथा वित्तीय संस्था, निजीक्षेत्रलगायत विभिन्न सरोकारवालासँग औपचारिक कार्यक्रम नै गरेर सुझाव लिने राष्ट्र बैंकले जानकारी दिएको छ । सरकारले ८ प्रतिशत आर्थिक वृद्धि र मूल्य वृद्धि ७ प्रतिशतमा सीमित राख्ने लक्ष्यसहित आगामी वर्षको बजेट सार्वजनिक गरेको छ । तर, बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी मुद्राको सञ्चितिका साथै मुद्रास्फीति लक्ष्यभन्दा माथि पुगेपछि दबाबमा रहेको राष्ट्र बैंकले आगामी दिनमा कसिलो मौद्रिक नीति अवलम्बन गर्ने संकेत गरेको छ । यद्यपि गभर्नर महाप्रसाद अधिकारीले सोमवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बजेटले लिएको लक्ष्यलाई सहयोग पुग्नेगरी मौद्रिक नीति जारी गर्ने बताएका थिए ।

बैंक सञ्चालक भन्छन्–‘मौद्रिक नीतिले तरलता अभाव बढाउ’ छ’

काठमाडौं, (नेस)  ।  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि जारी गरेको मौद्रिक नीतिमा कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्थाले तरलता अभाव हुने, कर्जा प्रवाहमा चाप पर्ने र ब्याजदरमा समेत प्रभाव पर्ने निश्कर्ष बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन)ले […]