कटहरिया नगरपालिकामा काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित

रौतहटको कटहरिया नगरपालिकामा नेपाली काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् ।  मंगलबार भएको चुनावी प्रक्रिया अनुसार कार्यपालिका सदस्यमा काँग्रेसका सबै ८ जना उम्मेदवार निर्वाचित भएका हुन। कार्यपालिका सदस्यको जिम्मेवारी पाउनेहरूमा जनजाति अल्पसङ्ख्यकबाट मनोज कुमार जयसवाल, दिलीप कुमार जयसवाल र जामुन ठाकुर हजाम रहेका छन् ।  त्यसैगरी निर्वाचित दलित तथा महिला सदस्यहरूबाट शान्ति कुमारी ,शोभा देवी, श्रीपती चमैन, सोनी देवी, बुधीया देवी गरी ८ जना  रहेको निर्वाचन अ

सम्बन्धित सामग्री

तुलसीपुर उपमहानगरको कार्यपालिका निर्वाचनमा एमालेको एकल उम्मेदवारी

दाङ : तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट एकल उम्मेदवारी परेको छ।बिहीबार तुलसीपुरमा भएको मनोनयन दर्तामा ८ जना कार्यपालिका सदस्यका लागि एमालेबाट एकल उम्मेदवारी परेको हो। एमालेको तर्फबाट निर्वाचित महिला सदस्यको लागि ५ जनाको मनोनयन दर्ता भएको छ।जसमा वडा नं. १ बाट गौरी नेपाली, वडा नं. ६ बाट यमुना परियार, वडा नं. ९ बाट वसन्त केसी, वडा नं. १५ बाट सीता कुमारी लामिछाने र वडा नं. १६ बाट रिखा शर्मा रहेका छन्। उनीहरु सबै नवनिर्वाचित वडा सदस्य हुन्।त्यसैगरी क

पोखरा महानगरको कार्यपालिका सदस्यमा ८ जना सदस्य नै एमालेबाट निर्वाचित

पोखरा । स्थानीय तह निर्वाचनमा पोखराको मेयर गुमाएको नेकपा एमालेले नगर कार्यपालिका सदस्य निर्वाचनमा भने आठै जना सदस्य जितेको छ । बिहीबार भएको मतदानमा महिला र दलित वा अल्पसंख्यक गरी ८ जना सदस्य एमालेले जितेको हो । महिला सदस्यमा एमालेकी धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिर परियार र हरिमाया विश्वकर्मा निर्वाचित भएका हुन् […] The post पोखरा महानगरको कार्यपालिका सदस्यमा ८ जना सदस्य नै एमालेबाट निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

देवदहको नगर कार्यपालिकामा एमाले–राप्रपा गठबन्धन

१८ जेठ, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको कार्यपालिका गठनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको छ । ५ जना महिला सदस्य र दलित तथा अल्पसंख्यकबाट ३ जना गरी ८ जना कार्यपालिका सदस्य चयनका लागि नेकपा एमाले र राप्रपाबीच गठबन्धन भएको हो । सहमति अनुसार एमालेबाट ७ जना र राष्ट्रिय प्रजान्त्र पार्टीबाट १ जना निर्वाचित […]