एक साताभित्र कांग्रेसले छाया सरकार बनाउँदै, मन्त्री बन्न इच्छुक सांसदले आजैबाट नाम दर्ता गर्न सक्ने :: Pahilopost.com

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार बनाउने भएको छ। आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए। एउटा मन्त्रालयमा कम्तीमा चार जना सांसद राख्ने तयारी भइरहेको खाणले जानकारी दिए। छाया सरकारका मन्त्रीहरुले सरकारको कामको निगरानी राख्ने उनले

सम्बन्धित सामग्री

रेन्बो पर्यटन अन्तरराष्ट्रिय सम्मेलन घोषणा, लेक्स लिम्बु स्टार प्रमोटर

काठमाडौँ : मायाको पहिचान नेपालले नेपाल पर्यटन बोर्डको सहयोगमा रेन्बो पर्यटन अन्तरराष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ। मायाको पहिचान नेपालले पत्रकार सम्मेलन गरेर अप्रिल २० र २१ तारिखमा यो सम्मेलन हुने जानकारी दिएको छ। सम्मेलनमा सहभागी हुन चाहनेका लागि रजिस्ट्रेसन खुल्ला भएको छ। यात्रा टु ह्यापिनेस डटकमद्वारा भाग लिन चाहनेहरूले नाम दर्ता गर्न सक्ने भएका छन्। नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनमा अन्तरराष्ट्रिय पर्यटन व्यवसायीहरू, होटेल व्यवसायीहरू, अन्तरराष्ट्रिय दातृ निकायहरू, सञ्चार

अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने

काठमाडौं : निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा अब अनलाइनबाटै फाराम भरी मतदाताको नाम दर्ता गर्न सक्ने निर्णय गरेको छ।आयोगले अनलाइन नाम दर्तालाई नमूना परियोजनाका रुपमा काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा बुधबारदेखि लागू गर्ने एक विज्ञप्ति जारी गर्दै जनाएको छ।फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपालीले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइट www.election.gov.np मार्फत व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालय (हाललाई का

उपभोक्ताले पाउन छाडे ग्यास : मूल्य बढ्न सक्ने भन्दै व्यवसायीले लुकाउन थाले

बुधबार कोटेश्वरस्थित महादेवस्थानको सर्लाही ग्यास सप्लायर्समा ग्यास पाउन नाम दर्ता गर्नेको लामो लाइन नै लागेको थियो । सर्लाही स्टोरका सञ्चालक रामचन्द्र किशोर पासवानले डिलरले नै उपलब्ध नगराएका कारण ग्राहकलाई चाहेर पनि...

तेस्रो लिङ्गी मतदाता १ सय ७२ थिए, अब कति बढलान ?

निर्वाचन आयोगमा तेस्रो लिङ्गी मतदाताको रुपमा १ सय ७२ जनाले नाम दर्ता गराईसकेको भए पनि आज सार्वजनिक गर्ने मतदाता नामावलीमा थप बढने संकेत देखिएको छ । तेस्रो लिङ्गीको हकहितका लागि काम गरिरहेका संस्थाहरुले मतदाता परिचय पत्रमा तेस्रो लिङ्गी लेख्न अभियान र जागरुकता बढाएका कारण बढन सक्ने अनुमान निर्वाचन आयोगले गरेको छ ।गत ५ पुससम्म निर्वाचन आयोगमा १ सय ७२ जनाले आफुलाई तेस्रो लिङ्गीको पहिचान खुलाएर नाम दर्ता गराएको रेकर्ड कायम छ ।  ५ पुससम्म १ करोड ६२ लाख ४३ हजार १ सय १० जनाको मतदाता नामावलीमा रेकर

विद्यार्थी पास भएको रिजल्ट पाउँदा खुसी लाग्छ

धेरै कुरा सझिन सक्ने व्यक्ति ‘मेमोरी किङ’का रुपमा अर्पण शर्मा चिनिन्छन् । उनले सन् २०१५ मा धेरै कुरा सम्झेर देखाएपछि गिनिज बुकमा नाम दर्ता गराएका थिए । यसका साथै उनी नेश्नल युथ अवार्ड विजेता, हिमाल इन्टरनेशनल अवार्ड विजेता, युथ विलेन्सी अवार्ड, युथ विलेन्सी अवार्ड २०७८ बाट पनि उनी सम्मानित भएका छन् । २०४६ सालमा झापामा […]

बेरोजगार व्यक्तिहरुलाई सरकारले रोजगारी दिने, नाम दर्ता गराउन आग्रह

नेपाल सरकारले बेरोजगार व्यक्तिहरुलाई सुचिकृत हुन आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार व्यक्तिहरुलाई न्युनतम १ सय दिनको रोजगारी दिनको लागि सुचिकृत हुन आग्रह गरेको हो ।प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पुरा गरेका नेपाली नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन महिना भरी आ.व. २०७९/०८० को लागि निवेदन दिन मन्त्रालयले आग्रह गरेको हो।  १८ देखि ५९ वर्ष उमेर समूहको भएका, निवेदन दिंदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारमासंलग्न नभएका नागरिक र स्वरोजगारमा संलग्न व्यक्तिको हकमा निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमान्यूनतम एक सय दिनको रोजगारी वापत प्राप्त गर्ने नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आय (चालु आर्थिक वर्षको सन्दर्भमा रु. ५७,७००/-) भन्दा कम आय भएको  नागरिकले मात्र बेरोजगारसूचीमा नाम दर्ता गराउन सक्ने छन् ।  सूचीकरण प्रक्रिया (क) रितपूर्वक प्राप्त आवेदनलाई बडा कार्यालयले छानविन गरी बेरोजगार ठहर हुने सबै मापदण्ड पुरा गरेको प्रमाणित गर्न पर्ने । (ख) प्राप्त प्रमाणित निवेदनलाई स्थानीय निर्देशक समितिले थप छानविन गरी बेरोजगार व्यक्तिको अन्तिम सूची गाउँ कार्यपालिका/नगर कार्यपालिकाबाट स्वीकृतिको लागि सिफारिस गर्नु पर्ने। (ग) कार्यपालिकाले आवश्यक भए थप परिमार्जन समेत गरी बेरोजगार व्यक्तिको अन्तिम सूची स्वीकृत गर्नु पर्ने । (घ) स्थानीय तहले बेरोजगार व्यक्तिको व्यक्तिगत विवरणलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरे पछि मात्र बेरोजगार व्यक्तिको अन्तिम सूची कायम हुने।

तिलगंगा आँखा प्रष्ठिानले भदौ १६ गतेदेखि विस्तारित सेवा सुरु गर्ने

कार्यालय समयभित्र समय मिलाउन असहज भएका र व्यस्तताका कारण बिहान तथा दिउँसो उपचार सेवा लिन नसक्ने सेवाग्राहीका लागि विस्तारित सेवा सुरु गरेको जनाउँदै दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता गराई सेवा लिन सक्ने प्रतिष्ठानले जनाएको छ।

नर्स तथा मिडवाइफको लाइसेन्स परीक्षाको फारम खुल्यो

नेपाल नर्सिङ काउन्सिलले नर्स तथा मिडवाइफको लाइसेन्सको परीक्षा अगामी भदौ १९ गतेबाट सुरु गर्ने भएको छ । काउन्सिलले साउन १० गते देखि भदौ ७ गते सम्म परीक्षाका लागि अनलाइन फारम भर्न सक्ने जनाएको छ । यस्तै भदौ ८ गतेदेखि भदौ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिनेछ । नाम दर्ता प्रमाणपत्रका लागि नेपाल नर्सिङ काउन्लिलले पिसिएल वा बिएस्सी नर्सिङ र व्याचरल इन मिडवाइफ्री साइन्समा उत्तीर्ण भएका विद्यार्थी सहभागी हुन सक्ने काउन्सिलले जनाएको छ ।  परीक्षाका लागि आवेदन अनलाइन माध्येमबाहेक अन्य म

भारतमा तीन घण्टामा ८० लाख नाम दर्ता, खोप अभाव

एजेन्सी। भारतमा मे १ देखि वयस्क नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएपछि तीन घण्टामा ८० लाखभन्दा बढीले नाम दर्ता गराएका छन्। १८ वर्षदेखि माथि उमेरसमूहलाई सरकारले खोप लगाउन अनुरोध गरेपछि बुधबार साँझ ७ बजेसम्म उक्त संख्यामा नाम दर्ता गरिएको हो।त्यहाँ खोप अभियान सुरु गर्न कठिनाइ पर्न सक्ने सरकारले बताएको छ। संक्रमण अनियन्त्रित बन्दै गएपछि भारतमा खोपको अभाव हुने अवस्था छ।