निर्वाचन आयोगमा तेस्रो लिङ्गी मतदाताको रुपमा १ सय ७२ जनाले नाम दर्ता गराईसकेको भए पनि आज सार्वजनिक गर्ने मतदाता नामावलीमा थप बढने संकेत देखिएको छ । तेस्रो लिङ्गीको हकहितका लागि काम गरिरहेका संस्थाहरुले मतदाता परिचय पत्रमा तेस्रो लिङ्गी लेख्न अभियान र जागरुकता बढाएका कारण बढन सक्ने अनुमान निर्वाचन आयोगले गरेको छ ।गत ५ पुससम्म निर्वाचन आयोगमा १ सय ७२ जनाले आफुलाई तेस्रो लिङ्गीको पहिचान खुलाएर नाम दर्ता गराएको रेकर्ड कायम छ । ५ पुससम्म १ करोड ६२ लाख ४३ हजार १ सय १० जनाको मतदाता नामावलीमा रेकर