अभिनेत्री गौरी मल्ल सन्तान जन्माइसकेपछिको सम्बन्धलाई मात्र मातृत्वको परिचय ठान्दिनन् । बिहीबार कान्तिपुर पब्लिकेसन्स लिमिटेडद्वारा आयोजित 'निर्भीक नारी' को दोस्रो सत्र 'मातृत्व मन्थन'मा अभिनेत्री मल्लले व्यक्तिले अनुभव गर्ने भावलाई मातृत्वको रूपमा हेर्न सकिने धारणा राखेकी हुन् ।