इक्‍वेडरमा जेलमा भएको दंगामा परी कम्तीमा आठको मृत्यु

किटो - इक्‍वेडरको दुई जेलमा भएका दङ्गामा परी कम्तीमा आठ जना कैदीको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । उक्त घटनामा अन्य २० जना घाइते  भएका बताइएको छ । घाइतेहरुमा तीन प्रहरी अधिकारी रहेका जनाइएको छ ।  दक्षिणपश्चिमी प्रान्त गुआस अवस्थित एक जेलमा भएका  हिंसामा आठ  कैदी मारिए र दुई प्रह…

सम्बन्धित सामग्री

भिरबाट बोलेरो खस्दा आठको मृत्यु, नौ घाइते

उदयपुरको बेलका नगरपालिका– ७ मैनामैनी चुहारको भिरबाट बोलेरो खस्दा आठजनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार को.१ज २५९३ नम्बरको जिप...

जिप दुर्घटना अपडेट : आठको मृत्यु, सबैको सनाखत

टक्सार (भोजपुर) । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा इटहरी–९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका–२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महीनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी–५ का ४२ वर्षीय किशन राईको सनाखत भएको प्रहरी प्रमुख तथा डीएसपी पाठकले जानकारी दिए । किशन राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  साथै दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । इलाका प्रहरी कार्यालय, घोरेटारबाट सातजना र हसनपुरबाट पाँचजना गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाइएको प्रहरी प्रमुख पाठकले जानकारी र्दिए । घाइतेको विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ ।  धरानबाट भोजपुरको दक्षिणतर्फ आउँदै गरेको को१ज २५९३ नम्बरको जिप आज बिहान १०ः३० बजेतिर उदयपुरको बेलका–७ मैनामैनीमा दुर्घटना भएको थियो । जिपमा क्षमताभन्दा बढी यात्रु सवार रहेको देखिएकाले दुर्घटना भएको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ । रासस

आप्रवासी चढेको डुंगा पल्टिँदा आठको मृत्यु

मोरक्कोको तटमा आप्रवासी डुंगा पल्टिँदा आठजनाको मृत्यु भएको छ। मोरक्कोको भूमध्यसागरीय तटमा डुंगा चढेर स्पेन जाने प्रयास गर्दा ८ जना आप्रवासीको डुबेर मृत्यु भएको उत्तरपूर्वी प्रान्त नादोरका स्थानीय अधिकारीहरूले बुधबार...

धरानको खानेपानीमा ‘कोलिफर्म’

धरानमा डेंगु संक्रमितको दर बढ्दो, आठको मृत्यु : हरेकजसो घरमा बिरामी, डेंगुको जस्तै लक्षण धरानमा हालसम्म डेंगु संक्रमणबाट आठजनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ६ जना दीर्घरोगी छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा...

फिलिपिन्समा ‘नोरु’ आँधीका कारण आठको मृत्यु

मनिला । सुपर टाइफुन नोरुले फिलिपिन्सको लुजोन टापुमा साताको अन्त्यमा भारी वर्षा र हावा चलेको कारण आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका सरकारी निकायले मङ्गलबार जनाएको छ । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले मनिलाको उत्तरी प्रान्त बुलाकानमा अचानक बाढीले बगाएको पाँच उद्धारकर्ताको मृत्यु भएको पुष्टि गरेको छ । नोरु […]

कर्णालीमा बाढीबाट आठको मृत्यु

आइतबार साँझदेखिको अविरल वर्षात्का कारण आएको बाढीपहिरामा परी कर्णालीमा हालसम्म आठ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढी–पहिरामा परी मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिका–४ खर्पेलगाउँका एकै परिवारका छ जना, जुम्ला र कालीकोटका एक÷एक रहेका छन् । प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले बाढीपहिराबाट तीन जना घाइते भएको र एक जनाको सकुशल उद्धार गरिएको जानकारी दिए । त्यस्तै अविरलको वर्षात्ले बाढी–पहिराका कारण जोखिममा रहेका ३०० बढी नागरिकलाई ...

डोटीमा पहिरो : आठको मृत्यु, एक बेपत्ता

डोटीमा पहिरोमा परेर आठजनाको मृत्यु भएको छ । जोरायल गाउँपालिकामा पाँच र सायल गाउँपालिकामा तीनजनाको मृत्यु भएको हो ।  जोरायल– ३ का ६२ वर्षीय जोगी सार्कीको पहिरोले घर भत्काउँदा च्यापिएर मृत्यु...

पाकिस्तानको क्वेटामा आतंककारी हमला, आठको मृत्यु

एजेन्सी। पाकिस्तानमा आतंकवादीले सोमबार एक सुरक्षाचौकीमा हमला गरेको केही घण्टामै सैनिक चढेको गाडीमा प्रहार गरे। यी दुई हमलामा कम्तीमा चार सैनिक र त्यति नै संख्यामा आतंकवादी मारिएको सेनाले बताएको छ। हमला दक्षिण–पश्चिम पाकिस्तानमा भएको हो। घटनामा ६ सैनिक र आठ आक्रमणकारी घाइते भएका छन्। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन। पाकिस्तानमा तालिबानी र इस्लामिक स्टेट सक्रिय छन्।

क्यालिफोर्नियाको रेलयार्डमा चलेको गोलीबाट आठको मृत्यु

बीबीसी। अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ। गोली रेलयार्डमा चलाइएको थियो। रेलका कर्मचारी पनि मारिएको अधिकारीहरुले बताएका छन्। रेल कर्मचारीहरुको बैठकमा बन्दुकधारीले गाली चलाएको थियो। तत्कालै प्रहरी त्यहाँ पुग्दा पनि गोली चलिरहेको अधिकारीहरुको भनाइ छ। बन्दुकधारीको पनि मृत्यु भएको बताइएको छ। ‘गन भ्वाइलेन्स अर्काइभ’का अनुसार यो वर्ष अमेरिकामा मास सुटिङको २३० घटना भइसकेको छ।