पाकिस्तानको क्वेटामा आतंककारी हमला, आठको मृत्यु

एजेन्सी। पाकिस्तानमा आतंकवादीले सोमबार एक सुरक्षाचौकीमा हमला गरेको केही घण्टामै सैनिक चढेको गाडीमा प्रहार गरे। यी दुई हमलामा कम्तीमा चार सैनिक र त्यति नै संख्यामा आतंकवादी मारिएको सेनाले बताएको छ। हमला दक्षिण–पश्चिम पाकिस्तानमा भएको हो। घटनामा ६ सैनिक र आठ आक्रमणकारी घाइते भएका छन्। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन। पाकिस्तानमा तालिबानी र इस्लामिक स्टेट सक्रिय छन्।