इन्टरनेट सेवा प्रदायकलाई क्यान महासंघको साथ, विद्युत् प्राधिकरणलाई चेतावनी

कम्प्युटर एशोसिएशन नेपाल महासंघ इन्टरनेट सेवा प्रदायक संघको साथमा उभिएको छ । विद्युत् प्राधिकरणले पोल भाडा बढाउने निर्णय गरेसँगै इन्टरनेटको मूल्य मासिक ३०० सम्म बढ्ने भएपछि क्यान महासंघ सेवाप्रदायकतर्फ लागेको हो ।आज एक विज्ञप्ती निकाल्दै महासंघले विद्युत् प्राधिकरणलाई चेतावनी समेत दिएको छ । महासंघ र सेवाप्रदायकले संयुक्तरुपमा विगतमा इन्टरनेटको भाडा नबढ्ने गरी करका दर समीक्षा गर्न माग गरेपछि बेवास्ता भएको महासंघको भनाई छ ।इन्टरनेट सेवालाई सर्वसुलभ बनाउन करको दरलाई समीक्षा गर्नुपर्नेमा सरकारी निका

सम्बन्धित सामग्री

केवलका तार हटाउन माग

तुलसीपुर, १३ चैत । तुलसीपुरका इन्टरनेट सेवा प्रदायक कम्पनीले अव्यवस्थित तार नहटाएपछि नेपाल विद्युत् प्राधिकरण तुलसीपुरले ध्यानाकर्षण गराएको छ । नेपाल टेलिकमसहित १२ सेवा प्रदायक कम्पनीको कार्यालयमा पुगेर प्राधिकरणले ध्यानाकर्षण गराएको हो । तार नहटाउँदा बजार कुरुप बनेको जनाउँदै त्यसलाई हटाउनका लागि १५ दिने सूचना पनि जारी गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानप्रसाद […]

ठमेलका अव्यवस्थित तार हटाइयो

काठमाडौँ- राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र गुजुल्टिएर अव्यवस्थित रुपमा रहेको तार हटाइएको छ । ठमेल पर्यटन विकास परिषद्ले नेपाल विद्युत् प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी प्रदायकसँगको सहकार्यमा अव्यस्थित रुपमा टाँगिएका विद्युत, केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरण व्यवस्थापन गरेको हो । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित रहेका […]

सिंहदरबार वरपरका तार व्यवस्थापन गरिँदै

काठमाण्डाै - इन्टरनेट सेवा प्रदायक संघले आज बिहान मुख्य प्रशासनिक केन्द्र सिंहदरबार वरपर तार व्यवस्थापन गर्दैछ । विद्युत् प्राधिकरण, काठमाण्डौ महानगर, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, दूरसञ्चार प्राधिकरणलगायतको सहभागितामा इन्टरनेट सेवा प्रदायक कम्पनीले तार व्यवस्थापन गर्न लागेका हुन् । पुतलीसडक, माइतीघर, हनुमानथान, भाटभटेनी, अनामनगरलगायतका ठाउँमा तार व्यवस्थापन हुँदैछ । सहरी सौन्दर्यता र जोखिम न्यूनीकरणका लागि देशका विभिन्न ठाउँमा तार व्यवस्थापन गर्दै आएको सङ्घले जनाएको छ । साउन अन्तिम हप्तादेखि असोज २७ गतेसम्म का...

विद्युत् प्राधिकरण पूर्वाधार सेवा प्रदायकको लाइसेन्स लिन तयार

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले दूरसञ्चार पूर्वाधार कम्पनीको लाइसेन्स लिने भएको छ । इन्टरनेट लगायत अन्य दूरसञ्चार सेवाका क्षेत्रका कम्पनीहरूलाई ओपीजीडब्लू केबल र पोल भाडामा दिएको प्राधिकरणले अब दूरसञ्चार पूर्वाधार कम्पनीको लाइसेन्स पनि लिने भएको हो ।   नेपाल दूरसञ्चार प्राधिकरणको सहयोग, टेकपानाको सहजीकरण, इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आईस्पान) र प्रविधि पत्रकार मञ्च (टीजेएफ) को सहकार्यमा आज शुक्रवार काठमाण्डौमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले पूर्वाधार...

राजश्व सङ्कलन

काठमाडौँ,१४ वैशाख । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बिद्युत पोल प्रयोग गरेबापत रु एक करोड ५७ लाख ३९ हजार ९७३ राजश्व सङ्कलन गरेको छ । जिल्लामा रहेका १४ वटा केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाबाट राजश्व रकम भुक्तानी गराइएको हो । भुक्तानी गर्नेमा चित्रवन युनिक केवल, कनेक्सट नेपाल, त्रिवेयाणी केवल नेटवर्क, फाइवर वल्ड […]

इन्टरनेट सेवा प्रदायकले तिरेनन् पोल भाडाको बक्यौता

काठमाडौं । इन्टरनेट तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनीहरू कम्पनीहरूले पोल भाडाको बक्यौता भुक्तानी नगरेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । गत असोजमा प्राधिकरण र इन्टरनेट तथा केबल सेवा प्रदायकबीच कात्तिकभित्र पोल भाडाको बक्यौता तिर्ने सम्झौता भएको थियो । त्यतिबेला पोल भाडा लगाउने विषयमा नयाँ सम्झौता गर्ने सहमति समेत भएको थियो । तर, तोकिएको म्याद सकिएको ३ महीना बितिसक्दा पनि सम्बन्धित सेवा प्रदायकले बक्यौता नबुझाएको प्राधिकरणको भनाइ छ । यसैगरी सेवा प्रदायक कम्पनीहरू पोल भाडा सम्बन्धमा सम्झौता गर्न पनि नआएको प्राधिकरणले बताएको छ । इन्टरनेट तथा केबल टेलिभिजन सेवा प्रदायकहरू बक्यौता तिर्न तथा नयाँ सम्झौता गर्न नआएपछि प्राधिकरणले पुनः तार काटिदिने चेतावनी समेत दिएको छ । प्राधिकरणले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै तत्काल बक्यौता तिर्न भनेको छ । सेवा प्रदायकले बक्यौता नतिरे पुनः तार काटिदिने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताएका छन् । ‘हामीले पोल भाडा बापतको बक्यौता तिर्न सूचना जारी गरिसकेका छौं । सूचनामा तोकिए बमोजिम सेवा प्रदायक कम्पनीहरू बक्यौता तिर्न नआए तार काट्नेछौं,’ उनले भने । इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुलीले भने तत्काल यस विषयमा कुनै प्रतिक्रिया नदिने बताए । गत असोजमा पोल भाडासम्बन्धी विवाद अल्पकालीन तथा दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले कार्यदल गठन समेत गरिएको थियो । कार्यदलमा सञ्चार मन्त्रालयको सहसचिवको संयोजकत्वमा ऊर्जा मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र सेवा प्रदायक कम्पनीका प्रतिनिधि थिए । उक्त कार्यदलले गत मङ्सिरमा सञ्चार मन्त्रालयलाई अध्ययन प्रतिवेदन बुझाएको थियो, जसमा पोल भाडा महँगो भएको निष्कर्ष निकाल्दै नयाँ दररेट कायम गर्नुपर्ने सुझाव दिइएको थियो । तर, त्यो अध्ययनअनुसार अझै काम नभएको बताइएको छ । प्राधिकरणको पोल लगायत संरचना प्रयोग गरेबापत सेवाप्रदायकले तोकिएको भाडा तिर्नुपर्ने हुन्छ । तर, केही कम्पनीले २०७२ सालदेखि नै यस्तो भाडा नतिरेको प्राधिकरणले बताएको छ । प्राधिकरणले २०७५ सालदेखि लागू हुनेगरी नयाँ भाडादर सार्वजनिक गरेको थियो । तर, केही कम्पनीले नयाँ भाडादर महँगो भएको भन्दै तिरेका छैनन् । साथै, संरचना प्रयोग गर्ने मामलामा सम्झौता समेत नगरेको प्राधिकरणको भनाइ छ । नयाँ भाडादरमा भएको विवादका सम्बन्धमा सरकारद्वारा गठित अर्को एक समितिको सिफारिशको आधारमा उक्त भाडादर २०७७ भदौ १ गतेदेखि पुनः कार्यान्वयनमा ल्याइएको थियो ।

इन्टरनेट सेवा प्रदायकले तिर्न थाले पोल भाडा

चितवन । चितवनमा सेवा दिइरहेका इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी)हरूले पोल भाडाबापत नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रलाई करीब १ करोड रुपैयाँ तिरेका छन् । कार्यालयका अनुसार १४ ओटा सेवा प्रदायक कम्पनीले भदौयता ९६ लाख ८४ हजार ७९ रुपैयाँ भाडा तिरेका हुत् । कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलले बक्यौता रहेका ती कम्पनीले भदौपछि उक्त रकम तिरेको जानकारी दिए । पोल भाडा बक्यौता तिर्नेमध्ये सबैभन्दा बढी पोल भाडा चित्रवन युनिक केबल रहेको छ । उक्त कम्पनीले ३० लाख ५५ हजार ६८ रुपैयाँ र सबैभन्दा कम पीडीएस सर्भर नेटवर्कले २५ हजार ४२५ रुपैयाँ बक्यौता तिरेको छ । यसैगरी कनेक्ट नेपालले १ लाख ७७ हजार ९७५ रुपैयाँ, त्रिवेणी केवल नेटवर्कले १ लाख ९३ हजार ८०० रुपैयाँ, प्राइम नेटवर्कले २ लाख ३ हजार ४०० रुपैयाँ, फाइवर वल्र्ड कम्युनिकेसन प्रालिले १ लाख २२ हजार ४० रुपैयाँ  र ब्रोडलिंकले १ लाख १ हजार ७०० रुपैयाँ पोल भाडा तिरेका छन् । अन्य बक्यौता तिर्ने आईएसपी कम्पनीहरूमा वेबसर्फरले ३ लाख ५ हजार १०० रुपैयाँ,  डिसहोमले ६ लाख ६१ हजार ५० रुपैयाँ, सुबिसु नेटवर्कले २२ लाख २४ हजार ६६ रुपैयाँ, टेक माइन्ड्स कम्युनिकेशन्सले २० लाख रुपैयाँ र एजिएटा एनसेलले ८५ हजार ४२८ रुपैयाँ तिरेको उनले  जानकारी दिए । यस्तै दुई कम्पनीले स्वघोषणा गरी पोड भाडा तिरेका छन् । तीमध्ये एक कम्पनीले १ लाख ११ हजार ४८७ रुपैयाँ र अर्काले ४ लाख १७ हजार ५४० रुपैयाँ पोल भाडा बुझाएका छन् । स्वघोषणा गर्ने कम्पनीले कार्यालयसंँग समन्वय नगरी बैंकमा सीधै रकम जम्मा गरेकाले नाम नखुलेको उनले बताए । हालसम्म सबै इन्टरनेट सेवा प्रदायक कम्पनीले ६० लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेको कार्यालयले बताएको छ । लामो समयपछि पनि आईएसपीहरूले प्राधिकरणलाई बक्यौता तिर्न अटेर गरेपछि कार्यालयले असोजमा उनीहरूको इन्टरनेट सेवाका उपकरण जफत गर्नुका साथै तार काटिदिएको थियो ।

भाडा नतिरेपछि पोलमा टाँगिएका तार फेरि काट्ने तयारीमा विद्युत् प्राधिकरण

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विद्युत् पोल प्रयोग गरेवापतको भाडा रकम नबुझाएपछि तार काट्ने तयारी थालेको छ । यस अघि नेपाल दूरसञ्चार प्राधिकरणले समन्वय गरेर भाडा रकम बुझाउन लगाउने सहमति भएपछि प्राधिकरणले तार हटाउने काम रोकेको थियो । सहमति अनुसारको रकम नबुझाएपछि फेरि तार हटाउने गरी काम अघि बढाएको नेपाल विद्युत् प्राधिकरणका […]

इन्टरनेट सेवा प्रदायक र विद्युत् प्राधिकरणबीचको विवाद उत्कर्षमा

विद्युत् प्राधिकरणले देशभर इन्टरनेटको तार काट्न थाल्यो विद्युत्लाई कारबाही गर्न दूरसञ्चार प्राधिकरणको माग नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीच विद्युत् पोल प्रयोगको भाडासम्बन्धी विवादले चरम रुप धारण गरेको छ । बढाएको दरअनुसार...

विद्युत् प्राधिकरण ठूलो तगारो र समस्या बन्यो : इन्टरनेट सेवा प्रदायक

इन्टरनेट सेवा प्रदायकहरूले सस्तो र गुणस्तरीय इन्टरनेट सेवा प्रवाहमा नेपाल विद्युत् प्राधिकरण तगारो बनेको आरोप लगाएका छन् । प्राधिकरणले पोल तथा ओपिजिडब्लू भाडादर अचाक्ली बढाएको आरोप उनीहरूको छ ।  पुनरावलोकन समितिको...