इन्टरनेट सेवा प्रदायकले तिरेनन् पोल भाडाको बक्यौता

काठमाडौं । इन्टरनेट तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनीहरू कम्पनीहरूले पोल भाडाको बक्यौता भुक्तानी नगरेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । गत असोजमा प्राधिकरण र इन्टरनेट तथा केबल सेवा प्रदायकबीच कात्तिकभित्र पोल भाडाको बक्यौता तिर्ने सम्झौता भएको थियो । त्यतिबेला पोल भाडा लगाउने विषयमा नयाँ सम्झौता गर्ने सहमति समेत भएको थियो । तर, तोकिएको म्याद सकिएको ३ महीना बितिसक्दा पनि सम्बन्धित सेवा प्रदायकले बक्यौता नबुझाएको प्राधिकरणको भनाइ छ । यसैगरी सेवा प्रदायक कम्पनीहरू पोल भाडा सम्बन्धमा सम्झौता गर्न पनि नआएको प्राधिकरणले बताएको छ । इन्टरनेट तथा केबल टेलिभिजन सेवा प्रदायकहरू बक्यौता तिर्न तथा नयाँ सम्झौता गर्न नआएपछि प्राधिकरणले पुनः तार काटिदिने चेतावनी समेत दिएको छ । प्राधिकरणले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै तत्काल बक्यौता तिर्न भनेको छ । सेवा प्रदायकले बक्यौता नतिरे पुनः तार काटिदिने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताएका छन् । ‘हामीले पोल भाडा बापतको बक्यौता तिर्न सूचना जारी गरिसकेका छौं । सूचनामा तोकिए बमोजिम सेवा प्रदायक कम्पनीहरू बक्यौता तिर्न नआए तार काट्नेछौं,’ उनले भने । इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुलीले भने तत्काल यस विषयमा कुनै प्रतिक्रिया नदिने बताए । गत असोजमा पोल भाडासम्बन्धी विवाद अल्पकालीन तथा दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले कार्यदल गठन समेत गरिएको थियो । कार्यदलमा सञ्चार मन्त्रालयको सहसचिवको संयोजकत्वमा ऊर्जा मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र सेवा प्रदायक कम्पनीका प्रतिनिधि थिए । उक्त कार्यदलले गत मङ्सिरमा सञ्चार मन्त्रालयलाई अध्ययन प्रतिवेदन बुझाएको थियो, जसमा पोल भाडा महँगो भएको निष्कर्ष निकाल्दै नयाँ दररेट कायम गर्नुपर्ने सुझाव दिइएको थियो । तर, त्यो अध्ययनअनुसार अझै काम नभएको बताइएको छ । प्राधिकरणको पोल लगायत संरचना प्रयोग गरेबापत सेवाप्रदायकले तोकिएको भाडा तिर्नुपर्ने हुन्छ । तर, केही कम्पनीले २०७२ सालदेखि नै यस्तो भाडा नतिरेको प्राधिकरणले बताएको छ । प्राधिकरणले २०७५ सालदेखि लागू हुनेगरी नयाँ भाडादर सार्वजनिक गरेको थियो । तर, केही कम्पनीले नयाँ भाडादर महँगो भएको भन्दै तिरेका छैनन् । साथै, संरचना प्रयोग गर्ने मामलामा सम्झौता समेत नगरेको प्राधिकरणको भनाइ छ । नयाँ भाडादरमा भएको विवादका सम्बन्धमा सरकारद्वारा गठित अर्को एक समितिको सिफारिशको आधारमा उक्त भाडादर २०७७ भदौ १ गतेदेखि पुनः कार्यान्वयनमा ल्याइएको थियो ।

सम्बन्धित सामग्री

इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई व्यवस्थित गरिने

इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई अझ व्यवस्थित गर्ने नीति लिएको छ।...

इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई व्यवस्थित गरिने

इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई अझ व्यवस्थित गर्ने नीति लिएको छ।...

पराजुलीको अध्यक्षतामा इन्टरनेट सेवा प्रदायक संघको कार्यसमिति चयन

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघमा सुधिर पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कम्पनीले राजधानीमा सम्पन्न २२ औं साधारण सभाले पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको संस्थाले जनाएको हो । संघको उपाध्यक्षमा मनोज अग्रवाल र महासचिवमा नविनकुमार श्रेष्ठ निर्वाचित हुुनुभएको छ । नवनिर्वाचित अध्यक्ष पराजुलीले इन्टरनेट सेवा प्रदायकका समस्या समाधान गर्दै गुणस्तरीय सेवाका […]

इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाईफाई नेपाल’को सेवा सुरु

काठमाडौँ – नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई–नेपालले आफ्नो सेवा सुरु गरेको छ। कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेजसहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको जनाएको छ। सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पुर्‍याउने उद्देश्यसहित वाईफाई–नेपालले देशकै सबैभन्दा सस्तो इन्टरनेट प्याकेज ल्याएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार वाईफाई–नेपालले अहिले ३० र ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन […]

देशभर इन्टरनेट सेवा बन्द हुने अवस्था छ : इन्टरनेट सेवा प्रदायक संघ

१८ जेठ, काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ । निजी तवरका इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै आईस्पानले यस्तो चेतावनी दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई कक्षा १२ को परीक्षाभर देशभर इन्टरनेट सेवामा अवरोध नहुने […]

जुनसुकै बेला जहाँसुकै इन्टरनेट सेवा अवरुद्ध हुनसक्छ :  इन्टरनेट सेवा प्रदायक

देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटिएको र काटिने क्रम बढेको हुँदा जुनसुकै बेला जहाँसुकै इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने इन्टरनेट सेवा प्रदायकहरूको संस्था इस्पानले जनाएको छ ।नेपाल विद्युत् प्राधिकरणका कार्यालयहरूले विवादित पोल भाडाको निहुँमा देशको विभिन्न भागहरूमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा अवरुद्ध भइरहेको बताउँदै इस्पानले सो चेतावनी दिएको हो । इन्टरनेट सेवा प्रदायकहरूका घरबेटी समेतको विद्युत् ला

इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कसले आईपीओ ल्याउने

इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कस लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रूपैयाँ अंकित दरका ४ लाख कित्ता आईपिओ निष्काशन गर्ने भएको हो । आईपीओ निस्काशनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।कम्पनीले एनआईसी एशिया क्यापिटलले सुरु गरेको आईडिया टु आईपिओ सेवा मार्फत आईपिओ निष्काशन गर्ने भएको हो । क्यापिटलले...

यी हुन् नेपालका प्रमुख पाँच इन्टरनेट सेवा प्रदायक

१८ साउन, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरु (आईएसपी) कुनै व्यक्ति वा संस्थालाई इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी हुन् । आइएसपीहरुले इन्टरनेट जडानका साथै इन्टरनेट सेवासँग सम्बन्धित अन्य धेरै प्रकारका सेवाहरु जस्तै वेबसाइट होस्टिङ तथा वेबसाइट डेभलपमेन्ट, सफ्टवेयर प्याकेज, इमेल एकाउन्ट, तथा डोमेन नेम रजिस्ट्रेसनको सेवाहरु पनि प्रदान गर्दछन् । दूरसञ्चारको नियामक निकाय नेपाल दूरसञ्चार […]