जुम्ला : हिमा गाउँपालिका १ आचार्य लिहीमा पहिरोले विद्युत् गृह भाँसिदा मृत्यु भएकाका परिवारलाई स्थानीय तहले एकलाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ।शुक्रवार घटनास्थलको अवलोकनपछि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतकका परिवारलाई तत्काल राहतस्वरूप एक लाख रकम दिने निर्णय गरेको बताएका हुन्। अध्यक्ष शाहीका अनुसार घटनाको स्थलगत अनुगमन गरिसकेपछि बसेको कार्यपालिकाको बैठकले यस्तोे निर्णय गरेको हो। बैठकले क्षतिग्रस्त विद्युत् गृहको निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय पनि