नागरिक समूहको नवौं साधारण सभाबाट जयराम सिग्देल अध्यक्षमा निर्वाचित भएका छन् । सुशासन, राष्ट्रिय सम्वृद्धि र भ्रष्टाचारमुक्त समाज निर्माणको लागि शान्तिपूर्ण तरिकाबाट सरकार र राजनैतिक दलहरुलाई खबरदारी तथा दवाब दिने उद्देश्यसहित स्थापना भएको नागरिक समूहले सुशासनका पक्षमा स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
सामाजिक अभियन्ता एवं यूवा वक्ता निगम हुमागाईं संस्थापक अध्यक्ष रहेको नागरिक समूह २०७० सालमा स्थापना भई देश र समग्र देशको विकासमा योगदान दिने राष्ट्रिय व्यक्तित्वहरुलाई सम्मान गर्ने, राम्रा र विकासका पक्षमा भएका...