बैंक मर्ज भएपछि खाता, ऋण, सेयर तथा डिम्याट एकाउन्ट के हुन्छ ?

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले लिएको नीति अनुसार बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिने अर्थात् मर्ज हुने क्रम बढेको छ । केही ठूला बैंकहरु मर्ज भएर संयुक्त कारोबार थालिसकेका छन् भने केही हुने क्रममा छन् । पछिल्ला दिनमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू, कुमारी र एनसीसी बैंक मर्ज भएका छन् । त्यस्तै हिमालय र सिभिल बैंक, लक्ष्मी बैंक र सनराइज बैंक पनि एकअर्कासँग मर्ज हुने क्रममा छन् । सरकार र नियमनकारी निकायले प्रोत्साहन गर्ने अनि बजारमा प...

सम्बन्धित सामग्री

डिम्याट खाताको संख्या ६२ लाखभन्दा बढी, के हो डिम्याट खाता ? कहाँ खोल्ने ?

काठमाडौं । डिम्याट खाताको संख्या ६२ लाखभन्दा बढी पुगेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको पछिल्लो तथ्याङ्कअनुसार आइतवारसम्ममा डिम्याट खाताको संख्या ६२ लाख ८ हजार ५४५ पुगेको छ । असार मसान्तसम्ममा डिम्याट खाताको संख्या ५७ लाख ५१ हजार ३४४ थियो । यसआधारमा चालू आर्थिक वर्षको आठ महीनामा थप ४ लाख ५७ हजार २०१ डिम्याट खाता थपिएका छन् ।  यद्यपि कतिपयले भने दुई खाता खोलेका हुन्छन् । यस्तो खाता दुईभन्दा बढी खोल्न भने पाइँदैन । पछिल्लो समय धितोपत्रको प्राथमिक बजारमा आईपीओ निष्कासन गर्ने कम्पनीको संख्या बढ्दो छ । यस कारण पनि डिम्याट खाताको संख्या बढेको हो ।  त्यस्तै मेरो शेयर प्रयोग गर्नेको संख्या ५२ लाख ५८ हजार ७३९ पुगेको छ । जसमध्ये ३६ लाख ३२ हजार ५३ जना मेरो शेयरमा सक्रिय प्रयागकर्ता रहेको सिडिएसीले जनाएको छ । मेरो शेयरबाट साधारण शेयर (आईपीओ) भर्न तथा दोस्रो बजारमा विक्री गरिएको शेयर ट्रान्सफर गर्न सकिन्छ । मेरो शेयर खाता नहुनेहरूले आईपीओ भर्नसमेत बैंकमा पुग्नुपर्ने हुन्छ । डिम्याट खाता नभएकाले प्राथमिक शेयर भर्न पनि पाउँदैनन् । दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन् । शेयर बजारबारे जति बढी प्रचारप्रसार हुन्छ, त्यति नै बढी डिम्याट खाता खोल्नेको संख्या बढ्ने जानकार बताउँछन् । विभिन्न कम्पनीको शेयर किनबेच हुँदा पहिले भौतिक अर्थात् कागजी प्रमाणपत्रकै रूपमा हस्तान्तरण हुने गर्दथ्यो । अर्थात् शेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरीद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे । २०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्णरूपमा सञ्चालनमा आएको हो । हाल शेयर अभौतिकरूपमा अर्थात् यही डिम्याट खातामा सीधै हस्तान्तरण हुन्छ । जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको शेयर आफै जम्मा हुन्छ । प्राथमिक शेयर (आईपीओ) भरेपछि परेमा खातामै जम्मा हुन्छ । त्यस्तै दोस्रो बजारमा शेयर विक्री गर्दा खाताबाट शेयर संख्या घटेर खरीद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ । यही शेयर जम्मा हुने खाता नै डिम्याट खाता हो । कहाँ खोल्ने डिम्याट खाता ? यो खाता विभिन्न बैंकका सहायक कम्पनीहरूमा खोल्न सकिन्छ । त्यस्तै ब्रोकर कम्पनीहरूमार्फत पनि यस्तो खाता खोल्न सकिन्छ । यो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) भनिन्छ । हाल १११ वटा यस्ता निक्षेप सदस्य छन् । यस्तो खाता खोल्नका लागि बैंक खाता नम्बर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो चाहिन्छ । आफूले कारोबार गर्ने बैंक वा ब्रोकर कम्पनीमै यस्तो खाता खोल्न सकिन्छ ।  धेरैजसोले यस्तो खाता खोलेबापत कुनै शुल्क लिँदैनन् । केहीले एक सय रुपैयाँसम्म शुल्क लिन सक्नेछन् । डिम्याट खाता खोलेपछि १६ अंकको डिम्याट खाता नम्बर प्राप्त हुन्छ । सो नम्बर पाएपछि मात्रै प्राथमिक शेयर भर्न वा दोस्रो बजार (नेप्से)बाट शेयर खरीदविक्री गर्न सकिन्छ ।  त्यस्तै आफ्नोे डिम्याट खातामा कुन-कुन कम्पनीको, कति शेयर छ ? त्यसको अहिलेको बजार मूल्य कति छ, खातामा शेयर जम्मा भए/नभएको जस्ता विवरण पनि आफूले नै मोबाइल वा ल्यापटपबाट हेर्न सकिन्छ । यसका लागि डिम्याट खाता खोलिदिने संस्थाले डिम्याट एकाउन्ट लगइनको युजरनेम र पासवर्ड दिन्छन् ।

मार्जिन कारोबारमा विलम्ब

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि बनाई २०७५ सालमै लागू गरे पनि यो सुविधा अझै शेयरबजारमा उपलब्ध हुन सकेको छैन । नेप्सेले मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको सूची निकाल्ने गरेको छ तर धितोपत्र दलाल कम्पनीहरूले यो सेवा दिन सकेका छैनन् । मार्जिन कारोबारका लागि करीब दुई दर्जन ब्रोकर कम्पनीले स्वीकृति लिएका छन् । तर, तिनले यो सुविधा प्रदान गर्न नसकेको अवस्था छ । किन मार्जिन कारोबार शुरू हुन सकेन त ?  मार्जिन कारोबार ब्रोकर कम्पनीहरूले प्रदान गर्ने सुविधा हो । तर, यी कम्पनीहरूको चुक्ता पूँजी नै निकै कम छ । त्यसो हुँदा उनीहरूले मार्जिन कर्जा प्रदान गर्न समस्या भएको देखिन्छ । एउटा ब्रोकर कम्पनीले यो सेवा दिन शुरू गरे पनि कोषकै अभावमा उसले त्यसलाई निरन्तरता दिन सकेको देखिँदैन । ब्रोकर कम्पनीहरूको कोषले नभ्याएपछि उनीहरूले बैंकबाट शेयर धितो कर्जा लिएर यो सेवा दिन खोजेको देखिन्छ । तर, यसरी बैंकबाट कर्जा लिएर मार्जिन कारोबारको सुविधा दिँदा महँगो पर्छ ।  त्यसैले शेयर धितो कर्जामा बैंकले लिने ब्याजसरह प्रतिस्पर्धा गर्न सक्ने गरी छुट्टै कोष खडा गर्न आवश्यक देखिन्छ । ब्रोकर कम्पनीले बैंकहरूसँग कर्जा लिँदा बैंकले के आधारमा ऋण दिने, बैंकले ब्रोकरबाट लिने ब्याज कति हुने, ब्रोकर कम्पनीहरूले सेवाग्राहीबाट लिने ब्याज तथा शुल्क कति हुने, मार्जिन कारोबार अवधि तथा सेटलमेन्ट प्रक्रियाबारे थप नीतिगत व्यवस्था गर्नुपर्ने हुन्छ । यसका लागि ब्रोकर कम्पनीहरूलाई थप जनशक्ति र ब्याकअप सिस्टम चाहिन्छ ।  अन्य देशको अभ्यास हेर्दा ब्रोकर कम्पनीहरूले विभिन्न वित्तीय सेवा र परामर्शका कामसमेत गर्ने गरेको पाइन्छ । तर, नेपालमा भने उनीहरू शेयर किनबेच र सेटलमेन्टका काममा मात्रै सीमित छन् । यसो हुनुमा एउटा कारण बोर्डले उनीहरूले अन्य काम गर्न सक्नेगरी कानूनी व्यवस्था नगरिदिनु हो भने अर्को यस्ता कम्पनीको क्षमता निकै सानो हुनु हो । अहिले बोर्डले चुक्ता पूँजीका आधारमा ब्रोकरले दिने सेवाको प्रकार फरकफरक हुने नीतिगत व्यवस्था गरेको छ । त्यसअनुसार र्मािर्जन कारोबारजस्ता अन्य क्रियाकलाप गर्ने कम्पनीका लागि बढी चुक्ता पूँजी आवश्यक पर्छ । यस्ता कम्पनी खुले पनि तिनले समेत मार्जिन कारोबार शुरू गर्न सकिरहेका छैनन् । अहिले सञ्चालनमा रहेका ब्रोकर कम्पनीलाई सबल बनाउन चुक्ता पूँजी वृद्धि गर्न लगाउनुपर्छ कि त उनीहरूलाई मर्जरमा जान प्रोत्साहित गर्नुपर्छ । यी दुवै काम गर्न निश्चित म्याद दिनु पनि आवश्यक पर्छ किनभने पूँजी वृद्धि गर्न यस्ता कम्पनीलाई  त्यति सहज देखिँदैन ।  जति बढी कारोबार हुन्छ त्यति नै बढी ब्रोकर कम्पनीको आमदानी बढ्ने हो । त्यसो हुँदा चुक्ता पूँजी बढाएर वा अन्य विकल्पबाट कोष खडा गरेर भए पनि मार्जिन कारोबारको सुविधा दिनुपर्छ । अहिले शेयरबजार नबढ्नुमा नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमा लगाउनुलाई मानिएको छ ।  ब्रोकर कम्पनीले हाल लगानीकर्ताले प्रयोग गरिरहेको टीएमएसबाट नै मार्जिन कारोबार गर्न सक्ने व्यवस्था मिलाउन माग गरेको पनि पाइन्छ । त्यसो हो भने यसमा सुधार गरेर उनीहरूलाई मार्जिन कारोबारका लागि सहज बनाइदिनुपर्छ । हुन त अहिलेको टीएमएस नेप्सेको हो, ब्रोकरहरूले आफ्नै टीएमएस प्लेटफर्म बनाउन सकेका छैनन् । यसका लागि उनीहरूले कामचाहिँ गरिरहेको बताइन्छ । ब्रोकर कम्पनीहररूले आफ्नो टीएमएस सञ्चालनमा ल्याए भने मार्जिन कारोबारका लागि केही सहज हुने देखिन्छ । यद्यपि कोषको अभाव भने रहिरहने देखिन्छ ।  मार्जिन कारोबारका लागि छुट्टै डिम्याट खाता खोल्नुपर्ने बताइन्छ । ग्राहकले यस्तो खाताबाट किनेको सबै शेयर ब्रोकरको ‘पुल एकाउन्ट’ मा जाने र रकम चुक्ता भएपछि मात्रै ग्राहकको स्वामित्वमा जाने गरी व्यवस्था मिलाइएको हुन्छ । त्यसैले यसको हिसाबकिताब मिलाउन थप जनशक्ति र ब्याकअप चाहिएको हो । तर, यसका लागि थप खर्च गर्न ब्रोकर कम्पनीहरू अनिच्छुक देखिएका छन् ।  ब्रोकरबाट मार्जिनको सुविधा दिन सकियो भने शेयर कारोबार बढ्ने देखिन्छ । जोखिम लिन सक्ने लगानीकर्ताले मार्जिन कारोबारको सुविधा पाउँदा इन्ट्रा डे कारोबार गर्न सजिलो हुन्छ । हुन त अहिले कतिपय ब्रोकर कम्पनीले विश्वस्त ग्राहकलाई उनीहरूको कोलाटरलमा पैसा नभए पनि शेयर किन्ने अनुमति दिएका छन् । अर्थात् उधारो खरीद हुने गरेको छ । यस्तो उधारो खरीदका कारण शेयर विक्री गरेका ग्राहकले निकै ढिलो भुक्तानी पाइरहेका छन् । समयमा भुक्तानी नपाएको भन्दै नेपाल धितोपत्र बोर्डमा गुनासो बढिरहेको छ । यस्तो उधारो कारोबार रोक्न ब्रोकर कम्पनीहरूले मार्जिन कारोबार शुरू गर्न ढिला गर्नु हुँदैन ।  जति बढी कारोबार हुन्छ त्यति नै बढी ब्रोकर कम्पनीको आमदानी बढ्ने हो । त्यसो हुँदा चुक्ता पूँजी बढाएर वा अन्य विकल्पबाट कोष खडा गरेर भए पनि मार्जिन कारोबारको सुविधा दिनुपर्छ । अहिले शेयरबजार नबढ्नुमा नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमा लगाउनुलाई मानिएको छ । शेयर धितो कर्जाको सबै रकम शेयर बजारमा नै लगानी भएको हुँदैन । तैपनि यसको ठूलो अंश शेयरबजारमा लगानी भएको सहजै अनुमान गर्न सकिन्छ । शेयरको मूल्य घट्दा बैंकले मार्जिन कल गर्छ । यस्तोमा सेवाग्राहीले कि त बैंकले पैसा दिनुपर्छ कि त थप शेयर बैंकमा राख्नुपर्ने हुन्छ । बैंकबाट पैसा लिएर शेयरमा लगानी गर्नभन्दा सीधै ब्रोकरबाट मार्जिन सुविधा लिएर कारोबार गर्न सजिलो हुन्छ । त्यसैले शेयरबजारको विस्तारका  लागि मार्जिन कारोबार यथाशीघ्र शुरू गर्नुपर्छ ।  यसकै लागि भनेर बढी चुक्ता पूँजी भएका ठूला कम्पनी खोलिएका छन् । तिनले पनि मार्जिन कारोबार गर्न नसकेको हुँदा समस्या गम्भीर नै छ भन्ने बुझ्न सकिन्छ । त्यसैले यसका लागि नियामक निकाय र बजार सञ्चालक नेप्सेले आवश्यक सहजीकरण गरिदिनुपर्छ । कार्यविधि संशोधन गर्नुपर्ने हो वा अन्य कानूनी सुधार ढिला गर्नु हुँदैन ।

सेयर बजारको अक्कल

बजारमा सेयर मूल्यको घटबढ, बोनस घोषणा, प्राथमिक सेयर निष्कासनलगायतका कारणबाट लगानीकर्ताको चाख प्रतिदिन बढ्दै गरिरहेको छ । हाल हितग्राही (डिम्याट) खाता खोल्नेको सङ्ख्या २५ लाखभन्दा बढी छ । दोस्रो बजारमा खाता खोल्नेको सङ्ख्या छ लाख, सक्रिय खाता पाँच लाखभन्दा बढी तथा अनलाइन एकाउन्ट टीएमएस प्रयोग गर्ने लगानीकर्ता चार लाखभन्दा बढी रहेको तथ्य पाइन्छ । देशभित्र मात्र नभई बाहिर रहेका व्यक्तिले समेत अनलाइन प्रयोगबाट सेयर खरिद बिक्री गर्न सकिने भएकाले लगानीकर्ता दिनानुदिन बढिरहेका छन् ।

९ महिनामै डिम्याट खाता खोल्नेको संख्या दोब्बर, के हो डिम्याट खाता, कसरी खोल्ने?

आफ्नो डिम्याट खातामा कुन कुन कम्पनीको, कति सेयर छ? त्यसको अहिलेको बजार मूल्य कति छ, खातामा सेयर जम्मा भए/नभएको जस्ता विवरण पनि आफूले नै मोबाइल वा ल्यापटपबाट हेर्न सकिन्छ। यसका लागि डिम्याट खाता खोलिदिने संस्थाले डिम्याट एकाउन्ट लगइनको युजरनेम र पासवर्ड दिन्छन्।

मेरो सेयर तथा डिम्याट खाता नविकरण शुल्क अब ‘खल्ती’ बाटै तिर्न सकिने

काठमाडौं । खल्ती डिजिटल वालेट र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सहकार्यमा अब मेरो सेयर तथा ७६ वटा डिम्याट खाता सञ्चालक कम्पनी (डिपी) को डिम्याट एकाउन्ट नवीकरण शुल्क खल्ती डिजीटल वालेटबाटै भुक्तानी गर्न पाइने भएको छ । यसका लागि कुनै अन्य सेवा शुल्क पनि लाग्नेछैन।सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलबीच भएको सम्झौता पश्चात यो लागू भएको हो।  डिम्याट खाताधनीहरूले मेरो सेयरको होम स्क्रिनमा लगइन गरी त्यहा

‘मेरो सेयर’को एकाउन्ट नवीकरण पनि अब ई-सेवाबाटै

सेयर कारोबार गर्ने तथा आईपीओमा लगानी गर्ने लगानीकर्ताले अब ‘मेरो सेयर’ एकाउन्ट नवीकरणको भुक्तानी पनि ई–सेवाबाटै गर्न सक्ने भएका छन् । यसअघि डिम्याट एकाउन्ट नवीकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई–सेवाले मेरो सेयरको एकाउन्ट नवीकरण पनि अनलाइनबाटै गर्न सकिने सेवा दिएको हो ।