गुल्मी १ (ख) मा कांग्रेसका धनेन्द्र निर्वाचित

गुल्मी : गुल्मी क्षेत्र नम्बर १ (ख)मा गठबन्धनबाट नेपाली कांग्रेसका धनेन्द्र कार्की निर्वाचित भएका छन्। कार्कीले १८‚५९६ मत ल्याएर प्रदेशसभामा विजयी भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताए।उनका प्रतिस्पर्धी नेकपा एमालेका फर्सु पाण्डे १७‚९९१ मत ल्याएर पराजित भए। कार्की ६०५ मतान्तरले पाण्डेसँग विजयी भएका हुन्।कार्की २०७४ सालमा सम्पन्न निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार कमलराज श्रेष्ठसँग पराजित भएका थिए।

सम्बन्धित सामग्री

गुल्मी १ (क) मा एमालेका पाण्डे निर्वाचित

गुल्मी : गुल्मी जिल्ला क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका चिन्तामणि पाण्डे निर्वाचित भएका छन्। पाण्डेले १५,१२७ मत ल्याएर प्रदेशसभामा विजयी भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।उनका प्रतिस्पर्धी गठबन्धनबाट माओवादीका सुदर्शन बराल १४,२६३ मत ल्याएर पराजित भएका हुन्। पाण्डे ८६४ मतान्तरले विजयी भएका हुन्।पाण्डेसँग पराजित बराल २०६४ सालमा गुल्मी १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। बराल २०७४ सालमा वाम गठबन्धनबाट प्रदेशसभामा निर्वाचित भएका थिए।

गुल्मी १ (ख) मा कांग्रेसका कार्की निर्वाचित

काठमाडौं– प्रदेशसभा सदस्यतर्फ गुल्मी १ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार धनेन्द्र कार्की ६०५ मतान्तरले विजयी भएका छन् ।  कार्की १८ हजार ५९६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी फर्सुराम पाण्डे १७ हजार ९९१ मत ल्याए ।

गुल्मी १ को प्रदेश सभा (ख) मा कांग्रेसका कार्की विजयी

गुल्मी – गुल्मी १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की विजयी हुनुभएको छ । उहाँ १८ हजार ५ सय ९३ मतसहित विजयी हुनुभएको हो । यस्तै नेकपा एमालेका उम्मेदवार फर्सराम पाण्डेले १७ हजार ९ सय ९१ मत प्राप्त गर्नुभयो । उहाँहरुबीचमा ६०५ मतान्तर छ ।

प्रदीप ज्ञवालीलाई पराजित गर्दै गुल्मी- १ बाट चन्द्र भण्डारी विजयी

बुटवल – गुल्मी १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्। शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्। निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ।

गुल्मी–१ मा भण्डारी र ज्ञवालीबीच रोचक प्रतिष्पर्धा, भण्डारी ३९८ मतले अगाडि

काठमाडौं, ८ मंसिर । गुल्मी–१ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ । सुरुवातदेखि नै कांग्रेसका डा. चन्द्रकान्त भण्डारीले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार भण्डारीले १४४७३ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले कडा टक्कर दिएका छन् । ज्ञवालीले १४०७५ मत ल्याएका छन् ।

गुल्मी–१ मा प्रदीप ज्ञवाली पछि परे, चन्द्र भण्डारी अघि लागे (कसको कति मत ?)

काठमाडौं, ७ मंसिर । गुल्मी–१ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीले अग्रता लिएका छन् । उनले एमालेका उम्मेदवार प्रदीप ज्ञवालीलाई सुरुवाती अग्रतामा उछिनेका हुन् । भण्डारी ज्ञवालीभन्दा ४३ मतले अगाडि छन् । भण्डारीले २५६० मत ल्याएका छन्। ज्ञवालीले २५१७ मत ल्याएका छन्। यो क्षेत्रमा भण्डारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

गुल्मी – १ : प्रदीप ज्ञवालीको सुरुवाती अग्रता

बुटवल – गुल्मी १ मा बुधबार दिउँसोदेखि सुरु भएको मतगणनामा एमालेका प्रदीप ज्ञवालीले प्रारम्भिक अग्रता हासिल गरेका छन् । ५७७ मतका साथ उनी अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका चन्द्र भण्डारी ५०७ मत ल्याएर पछ्याइरहेका छन् । राप्रपा उम्मेदवारले ७६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १६ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभातर्फ कालिगण्डकी गाउँपालिका १ अन्तर्गत हर्मीचौरबाट […]

गुल्मी-१ मा राति १० बजेदेखि मतगणना हुने

६ मंसिर, गुल्मी । गुल्मी–१ मा मंगलबार राति १० बजेदेखि मतगणना हुने भएको छ । मंगलबार अर्बेनीस्थित मतदान केन्द्रमा पुनः मतदान भएपछि मतपेटिका सदरमुकाम ल्याइएको छ । मंगलबार साँझ नै सर्वदलीय बैठक चलिरहेकाले राति १० बजेदेखि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए । मतगणना जिल्ला सदरमुकाम तम्घासको सडक पूर्वाधार कार्यालयमा गरिने भएको […]

गुल्मी-१ मा एमालेबाट प्रदीप ज्ञवाली सर्वसम्मत सिफारिस

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी- १ बाट उम्मेदवारका लागि सिफारिस भएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनमा एमालेकाे तर्फबाट गुल्मी-१ बाट ज्ञवाली सर्वसम्मत रुपमा सिफारिस भएका हुन्। यस्तै, गुल्मी- २ बाट भने सचिव गोकर्ण विष्टसहित तीनजनाको नाम सिफारिस भएको पार्टी निकट स्राेतले जानकारी दिएकाे छ। स्राेतका अनुसार […]

गुल्मी १ बाट प्रदीप ज्ञवालीको नाम एकल सिफारिस

गुल्मी–१ बाट एमाले उपमहासचिव प्रदीप ज्ञवालीको नाम एकल सिफारिस भएको छ ।