गुल्मी-१ मा राति १० बजेदेखि मतगणना हुने

६ मंसिर, गुल्मी । गुल्मी–१ मा मंगलबार राति १० बजेदेखि मतगणना हुने भएको छ । मंगलबार अर्बेनीस्थित मतदान केन्द्रमा पुनः मतदान भएपछि मतपेटिका सदरमुकाम ल्याइएको छ । मंगलबार साँझ नै सर्वदलीय बैठक चलिरहेकाले राति १० बजेदेखि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए । मतगणना जिल्ला सदरमुकाम तम्घासको सडक पूर्वाधार कार्यालयमा गरिने भएको […]

सम्बन्धित सामग्री

दोलखामा राति ९ बजेदेखि मतगणना

काठमाडौं । दोलखामा प्रतिनिधि सभा सदस्यका लागि बिहीबार राति ९ बजेबाट मतगणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेर ९ बजेदेखि प्रतिनिधिसभा सदस्यको मतगणना सुरु हुने र शुक्रबारदेखि प्रदेशसभा सदस्यको पनि मतगणना गर्न सुरु गर्ने जानकारी दिनुभयो । दोलखामा प्रतिनिधि सभा सदस्यका लागि वाम–लोकतान्त्रिकबाट नेकपा (माओवादी केन्द्र)का गंगा […]

दोलखामा बिहीबार राति ९ बजेदेखि मतगणना हुने

काठमाडौंः बुथ कब्जाका कारण पुनः मतदान भएको दोलखामा बिहीबार रातिबाट मतगणना हुने भएको छ। वैत्यश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका चार मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएसँगै बसेको सर्वदलीय बैठकले आजैबाट मतगणना गर्ने सहमति गरेको हो।  बिहीबार राति ९ बजेबाट प्रत्यक्षतर्फको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए।  बिहीबार…

स्याङ्जा २ मा राति ९ बजेदेखि मतगणना हुने

काठमाडौँ- स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा रोकिएको मतगणना आज राति ९ बजेदेखि सुरु हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले राति ९ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले रोकिएको मतगणना गर्न निर्देशन दिएको थियो । बुथ कब्जा भएको आरोप लगाउँदै नेकपा एमालेले फेरि मतदानको माग गरेको थियो भने […]

स्याङ्जा-२ मा राति ९ बजेदेखि मतगणना हुने

काठमाडौं । स्याङ्जा- २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुनः मतदान माग गरेको थियो । कांग्रेसले भने मतगणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृतको […]

स्याङ्जा–२ मा राति ९ बजेदेखि मतगणना हुने

स्याङ्जा – स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को मतगणना आज बुधवार राति ९ बजेदेखि सुरु हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।  गएकाे मङ्सिर ४ गते मतदान सम्पन्न भएको भए पनि विवादका कारण यस क्षेत्रमा मतगणना सुरु हुन सकेको थिएन ।  यसअघि आजै निर्वाचन आयोगले स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ मा पुनः मतदान नगर्ने निर्णय गर्दै मतगणना गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । आयोगको निर्देशनपछि निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ मा सर्वदलीय बैठक बसेर...

स्याङ्जामा राति ९ बजेदेखि मतगणना हुने

१४ मंसिर, काठमाडौं । स्याङ्जा २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुन  मतदान माग गरेको थियो । नेपाली कांग्रेसले भने मतगणना गर्नुपर्ने माग […]

रुकुम पूर्वमा राति साढे एक बजेदेखि मतगणना सुरु

रुकुम – रुकुम पूर्वमा केही समय अघि मात्रै मतगणना सुरु भएकाे छ ।  साँझ जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठक गरी मतगणना गर्ने सहमति भएको थियो ।  त्यही बमोजिम आज राति साढे एक बजेदेखि सिन्से गाउँपालिका-५ मा रहेकाे रुकमिणी मावि रुकुमकोटमा मतगणना सुरु भएको हो । रुकुम पूर्वमा प्रतिनिधिसभा सदस्यका लागि छ जना उम्मेदवार हुनुहुन्छ ।

बुटवलको मतगणना राति १२ बजे सुरु हुने

३० वैशाख, बुटवल । बुटवल उपमहानगरपालिकामा मतगणना शुक्रबार राति १२ बजे सुरु हुने भएको छ । मतदान केन्द्रबाट मतपेटिका ल्याउने काम सकिएको र अब सर्वदलीय वैठक बसेर मतगणना सुरु गरिने बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए । मतगणनाका लागि गणकहरु तयारी अवस्थामा रहेकाले १२ बजे गणना सुरु हुने पौडेलको भनाइ छ । बुटवलमा कुल ९० […]

राति १ बजेदेखि कांग्रेसको मतगणना सुरु हुने

नेपाली कांग्रेसको मतगणना राति १ बजेदेखि सुरु गर्ने तयारी भएको छ ।  का‌ंग्रेस निर्वाचन समितिका एक सदस्यले राति १ बजेदखि सभापतिको मतगणना सुरु गर्ने तयारी भएको बताए । मतदान सकिएपछि आवश्यक प्रक्रिया सम्पन्न गरेर १ बजेदेखि मतगणना सुरु गर्न लागिएको उनको भनाइ छ । निर्वाचन समितिले मतदान गर्ने समय साढे १० बजेसम्म तोकेको छ ।