राष्ट्रिय टिममा नयाँ अनुहारलाई समावेश गर्ने र सकारात्मक नतिजा निकाल्ने योजना छः फुटबल प्रशिक्षक

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेलाई औपचारिक रुपमा सार्वजनिक गरेको छ। इटालियन प्रशिक्षक भिसेन्सोलाई एन्फाले मंगलबार सार्वजनिक गरेको हो।

सम्बन्धित सामग्री

सरकारमा अरु दललाई पनि सामेल गराउन सत्ता गठबन्धन सहमत

काठमाडौं- सरकारमा अरु दललाई पनि सम्मिलित गराउन नयाँ सत्ता गठबन्धन सहमत भएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी जसपा नेपालले गठबन्धनप्रति सकारात्मक अन्य दललाई पनि नयाँ सरकारमा समावेश गर्न सहमत भएका हुन् । नेकपा माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाइ पनि गठबन्धनमा समेट्ने निर्णय […]

रूस भारतको स्वतन्त्रतापछिको सबैभन्दा भरपर्दो साझेदारः सर्वेक्षण

नयाँ दिल्ली – नयाँ दिल्लीस्थित ‘थिंक ट्यांक अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले गरेको एक सर्वेक्षणअनुसार सन् १९४७ मा भारत स्वतन्त्र भएयता रुस भारतको सबैभन्दा भरपर्दो साझेदार मानिएको छ। भारतका १९ शहरमा गरिएको राष्ट्रिय सर्वेक्षणमा पाँच हजार सहरी युवाको नमूना समावेश गरिएको थियो। युवा भारतीयहरूले विभिन्न प्रश्नहरूको जवाफ दिँदै देशको विदेश नीतिलाई सकारात्मक रूपमा मूल्याङ्कन गरेका […]

रुस भारतको स्वतन्त्रतापछिको सबैभन्दा भरपर्दो साझेदार : सर्वेक्षण

नयाँ दिल्लीस्थित ‘थिंक ट्यांक अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)’ ले गरेको एक सर्वेक्षणअनुसार सन् १९४७ मा भारत स्वतन्त्र भएयता रुस भारतको सबैभन्दा भरपर्दो साझेदार मानिएको छ ।भारतका १९ शहरमा गरिएको राष्ट्रिय सर्वेक्षणमा पाँच हजार सहरी युवाको नमुना समावेश गरिएको थियो । युवा भारतीयहरूले विभिन्न प्रश्नहरूको जवाफ दिँदै देशको विदेश नीतिलाई सकारात्मक रूपमा मूल्याङ्कन गरेका छन् ।उत्तरदाताहरूले रूसलाई स्वतन्त्रतापछिको भारतको सबैभन्दा भरपर्दो साझेदार (४३ प्रतिशत) को रूपमा उल्लेख गरेका छन् । हर्

सन्दीप लामिछानेको दाबी : म निर्दोष छु

काठमाडौं : बलात्कारको मुद्दा लागेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको दाबी गरेका छन्।अज्ञात स्थलबाट आज फेसबुकमा स्टाटस लेख्दै उनले उनीविरुद्ध गम्भीर षड्यन्त्र भएको र नेपाल आएर त्यसको विरुद्धमा लड्ने बताएका छन्।उनले हाल उनी बिरामी परेकोले स्वदेश फर्किन नसकेको जनाएका छन्। उनले भनेका छन्, '१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो सौभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन। सकारात्मक सोच, अथक मेहन

आगामी आवको बजेटमा ऊर्जा क्षेत्रका प्रावधान सकारात्मक : इपान

जेठ १७, काठमाडौं । निजी क्षेत्रका ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले सरकारको आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको ऊर्जा क्षेत्रका प्रावधान सकारात्मक रहेको भन्दै स्वागत गरेको छ ।             जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार, उपभोग वृद्धि र ग्रामीण विद्युतीकरणलाई प्राथमिकतामा राखेर आएको बजेटमा ऊर्जा क्षेत्रको विकासका लागि ७५ अर्ब १० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएकामा इपानले  खुशी व्यक्त गरेको छ ।             सरकारले यही जेठ १५ गते आर्थिक वर्ष २०७९/ ०८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण समयमा काम पूरा गर्न नसकेका विद्युत् आयोजनाको हकमा अनुमतिपत्रको म्याद दुई वर्ष थप्ने व्यवस्था गरिएको छ ।             त्यस्तै निजी क्षेत्रले विद्युतगृहदेखि विद्युत् प्राधिकरणको सवस्टेसनसम्म प्रसारण लाइन निर्माण गरेमा ७५ प्रतिशतसम्म शोधभर्ना दिने प्रावधान बजेटमा समेटिएको छ ।             यस्तै, आन्तरिकरूपमा विद्युत् खपतलाई वृद्धि गर्न एलपीजी ग्यास विस्थापनका लागि अनुदान कटौती गर्ने, इन्डक्सन चुलोको प्रयोग बढाउने, सरकारी कार्यालयमा विद्युतीय सवारी प्रयोगलाई अनिवार्य गर्नेजस्ता कार्यक्रमको घोषणा गरेकामा प्रसन्नता व्यक्त गरेको छ ।             बजेटले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने, नदी बेसिनमा निर्माण हुने प्रसारण लाइन सरकारी, निजी साझेदारीमा निर्माण गर्ने विषय समावेश गरेको छ । त्यस्तै १० करोड रुपैयाँसम्म विद्युत् खपत गर्ने उद्योगलाई महसुलमा १५ प्रतिशत छूट दिने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले इपानले उठाउँदै आएको आन्तरिक विद्युत् खपतको वृद्धिमा ठूलो सहयोग पुग्ने ठहर छ ।             त्यस्तै, विसं २०८५ सम्म निर्माण पूरा हुने जलविद्युत् आयोजनाको हकमा १५ वर्ष आयकर पूरै र छ वर्ष ५० प्रतिशत आयकर छुटको व्यवस्था गरेको छ । बजेटमा समावेश यस्ता सबै कार्यक्रमको इपानले स्वागत गरेको छ ।             बजेटले आगामी वर्ष ७१५ मेगावाट उत्पादन भएर राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने प्रक्षेपण गरेको छ । सरकारको यस्तो प्रक्षेपणलाई पूरा गरी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको राष्ट्रिय लक्ष्यलाई साकार पार्दै मुलुकमा उच्च र दिगो आर्थिक विकासका लागि इपानले विगत २५ वर्षदेखि सरकारसँग हातेमालो गर्दै आएको स्मरण गरेको छ । हाल राष्ट्रिय प्रसारण लाइनमा कुल जडित क्षमता करीब २ हजार २५० मेगावाट पुगेको छ ।             सरकारले विद्युत् उत्पादनका लागि आफूहरुले दिएको सुझावलाई आत्मसात् गरेकामा प्रसन्नता व्यक्त गरेको अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । रासस

बजेट स्वागतयोग्य, कार्यान्वयनमा शंका : राष्ट्रिय व्यवसायी महासंघ

काठमाडौं (अस) । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आगामी आर्थिक वर्षको बजेटको स्वागत गरेको छ । महासंघले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बजेट सकारात्मक भएको बताएको हो । बजेट स्वागतयोग्य भए पनि कतिपय विषयको कार्यान्वयन भने जटिल देखिएको महासंघले बताएको छ । महासंघका अध्यक्षकुमार कार्कीले बजेटमा आएका केही विषय सकारात्मक रहेको भन्दै यसको कार्यान्वयनमा जोड दिए । ‘सरकारले करको दरमा गरेको फेरबदल तथा कृषिक्षेत्रको विकास र विस्तारका लागि बजेटमा समावेश गरिएका विषय एकदमै सकारात्मक छन्, आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बजेटमार्फत सरकारले पहलकदमीको शुरुआत गरेको छ,’ अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कृषिक्षेत्रको उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाउन गरिएका प्रयास सकारात्मक र स्वागतयोग्य छन् ।’ मेडिकल शिक्षा अध्ययन गर्न विदेशी विद्यार्थी भित्त्याउने योजना तथा नेपाली विद्यार्थीलाई स्वदेशमै उच्च गुणस्तीय शिक्षाको व्यवस्था गर्ने लगायतका विषय समेत सकारात्मक रहेको महासंघको भनाइ छ । विलासिताका वस्तु आयातमा कडाइ गर्नु राम्रो भए पनि अत्यावश्यक वस्तुमा कडाइ गर्न नहुने महासंघले बताएको छ । बजेटमा भएका सकारात्मक पक्षहरूलाई चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याइनुपर्ने भन्दै महासंघले निजीक्षेत्रका अन्य मुद्दाहरू सम्बोधन गर्न समेत सरकारसँग माग गरेको छ ।

एनआरएनएको निर्वाचन फेब्रुअरीमा हुने

गैर आवासिय नेपाली संघ (एनआरएनए) ले निर्वाचनका लागि सकारात्मक वातावरण कायम गर्न केही देशमा सहमतिका आधारमा वैकल्पिक प्रतिनिधिको नामावली समावेश गर्ने सहमति गरेको छ ।सहमतिअनुसार फेब्रुअरीमा निर्वाचन हुने तालिका रहेको छ । सहमति अनुसार १० औं महाधिवेशनमा छनौट भएका ६ सय ५५ प्रतिनिधिहरुमा प्राविधिक कारणले संस्थाको विधान र नियमावलीमा निर्दिष्ट गरेका राष्ट्रिय समन्वय परिषदका पूर्व […]