नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय मर्यादा क्रममा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समावेश गर्ने व्यवस्थाका लागि सकारात्मक पहल भइरहेको जानकारी दिएका छन्। वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसायीको पनि मर्यादाक्रम निर्धारणका लागि आफूहरूले पहल गरेको र यसमा सरकार सकारात्मक रहेको बताए।