काठमाडौं : बलात्कारको मुद्दा लागेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको दाबी गरेका छन्।अज्ञात स्थलबाट आज फेसबुकमा स्टाटस लेख्दै उनले उनीविरुद्ध गम्भीर षड्यन्त्र भएको र नेपाल आएर त्यसको विरुद्धमा लड्ने बताएका छन्।उनले हाल उनी बिरामी परेकोले स्वदेश फर्किन नसकेको जनाएका छन्। उनले भनेका छन्, '१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो सौभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन। सकारात्मक सोच, अथक मेहन