राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार सरकारको नीति तथा कार्यक्रम पेस गर्न नयाँ बानेश्वरस्थित संघीय संसद् जाँदा राष्ट्रपतिको यसअघिको सवारीका क्रममा हुने सास्ती सर्वसाधारणले बेहोर्नु परेन । कारण– उनी राष्ट्रपति भवन शीतलनिवासबाट नयाँ बानेश्वर चोकसम्म राष्ट्रपतिको निजी सवारीका क्रममा हुने सामान्य सुरक्षा घेरामा थिए ।