१ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर विक्री गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स

मंसिर ६, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले सोमवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य प्रतिकित्ता रू. २५० मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा बीमा समितिको निर्देशन, तथा प्रचलित कानून बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।  

सम्बन्धित सामग्री

लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर विक्रीमा

फागुन १५, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आइतवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक बाहेकका अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न सक्ने गरी उक्त शेयर विक्रीमा ल्याएको जानकारी दिएको हो । शेयरको मूल्य प्रतिकित्ता रू. २५० मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरु तथा अन्य व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र निवेदन पेश गर्न अनुरोध गरेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

असार १८, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १ लाख १६ हजार ४६४ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।  कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य प्रतिकित्ता रू. ४२१ दशमलव ६३  मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ ।  उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र निवेदन पेश गर्न अनुरोध गरेको छ ।  उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा बीमा समितिको निर्देशन बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।