सप्तरीकी २४ वर्षीया महिलालाई बलात्कार गरेका आरोपमा एक इन्जिनीयर पुर्पक्षका लागि राजविराज कारागार चलान भएका छन् ।
अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ का २५ वर्षीय राकेशकुमार चौधरीलाई पुर्पक्षका लागि मंगलवार कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।
पीडित महिलालाई २०७८ वैशाख २ गते चौधरीले बलात्कार गरेको जनाउँदै इलाका प्रहरी कार्यालय कञ्चनरूपमा गत साउन १४ गते उजुरी दर्ता भएको थियो ।
गाउँपालिकाकै महुली चोकमा भेट्न बोलाई अग्निसाइर कृष्णसवरण–१ सखुवा तीनमुखेस्थित जंगलमा लग...